Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

पेरिसमा नेपालको साईकल र्‍याली

मंसिर २३, २०७२- जलवायु परिवर्तनको मुख्य कारक हरितगृह ग्यास कटौती र नवीकरणीय उर्जामा प्रवर्द्धन गर्न विश्वव्यापी सन्देश दिन नेपालले मंगलबार राति पेरिसमा साईकल र्‍याली निकालेको छ ।
पेरिसमा जारी जलवायु परिवर्तनसम्वन्धि संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी) का पक्ष मुलुकहरुको २१  औं सम्मेलन (कोप-२१) भईरहेका बेला वातावरणमन्त्री विश्वेन्द्र पासवानको नेतृत्वमा ला कोर्नेभ भन्ने स्थानबाट सम्मेलनस्थलसम्म साईकल र्‍याली निकालिएको हो ।

मन्त्री पासवान नेपालबाट जलवायु सम्मेलनमा भाग लिन पेरिस आउनेक्रममा त्रिभुवन विमानस्थलसम्म साईकलमै आएका थिए । मन्त्री भएदेखि नै उनले सातामा दुई दिन साईकल चढ्दै आएका छन् । मन्त्रालयले साईकल चढ्ने अभियानलाई प्रवर्द्धन गर्दै आएको छ । सोमवार सम्मेलनलाई सम्वोधन गर्ने क्रममा पनि मन्त्री पासवानले साईकल चढ्ने अभियानलाई सरकारले जोड दिएको विश्व समुदायलाई जानकारी गराएका थिए ।
नेपालले विकसित मुलुकहरुले उत्सर्जन गर्ने हरितगृह ग्यासकै कारण नेपालजस्ता अति कम विकसित मुलुकहरुमा जलवायु परिवर्तनको गम्भीर असर देखिएको बताउँदै आएको छ । हरितगृह ग्यास कटौतीमै दबाब दिन सरकारले साईकल र्‍याली निकालेको हो ।
साईकल र्‍यालीको सम्पूर्ण तयारी पेरिसस्थित् नेपाली दुतावासले गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले साईकल र सुरक्षालगायतको तयारी गर्ने जिम्मा दुतावासलाई दिएको थियो ।
र्‍यालीमा मन्त्री पासवानसहित वातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेल, अख्तियारका सचिव शान्तराज सुवेदी, संसदको वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरी, सभासद रेशमबहादुर लामा, राधिका तामाङ, दुतावासका अधिकारी र सम्मेलनमा आएका नेपाली सहभागी थिए ।

News from ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/