Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

अन्नपूर्णले सुरु गर्‍यो नि:शुल्क बस सेवा

फोटो :अन्नपूर्ण मिडिया मिडिया नेटवर्कले सञ्‍चालन गरेको नि:शुल्‍क बस सेवा प्रारम्भ गर्दै थ्रीएनआईका प्रमुख संचालन अधिकृत हरि गौचनलगायतका अन्नपूर्णकर्मीहरु।: दिनेशविक्रम शाह
काठमाडौं : अन्नपूर्ण मिडिया मिडिया नेटवर्कले असहज अवस्थामा सर्वसाधारण यात्रुलाई राहत उपलब्ध गराउने उद्देश्यले नि:शुल्क बस सेवा सुरु गरेको छ ।अन्नपूर्ण मिडिया नेटवर्कले मंगलबारदेखि निशुल्क बस सेवा सुरु गरेको हो । 
पहिलो चरणमा दुईवटा बस संचालनमा ल्याइएको छ। त्यसमध्ये एउटा बस चक्रपथमा चल्नेछ भने अर्को बस माइतीघरदेखि नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर हुँदै जागतीसम्म चल्नेछ ।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले यो सानो सहयोगले पुरै समस्या समाधान नभए पनि सर्वसाधरण जनताले भोगिरहेको सकसमा थोरै भए पनि यसबाट राहत पुग्ने विश्वास व्यक्त गरे। अध्यक्ष क्याप्टेन थापाले भने, 'सिंगै मुलुक र जनताले सकस भोगिरहेका बेला त्यसमा जति सकिन्छ सहयोग पुर्‍याउनु हाम्रो पनि दायित्व हो ।'

अन्नपूर्ण पोस्ट्का प्रमुख संचालन अधिकृत हरी गौचनले निशुल्क बस सेवाको प्रारम्भ गर्दै असहज अवस्थामा जनतालाई सहुलियत उपलब्ध गराउने उद्देश्यले बस सेवा सुरु गरिएको बताए।
पहिलो चरणमा दुईवटा बस संचालनमा ल्याइए पनि यसलाई विस्तार गर्न सकिने बताए।

 
दुवै बसमा आपतको अवस्थामा रहेका सर्वसाधरण यात्रु, बिरामी तथा अशक्तलाई प्राथमिकता दिइने छ। सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा निशुल्क बस सेवा संचालन गरिएको छ । अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत अन्नपूर्ण पोस्ट्रेडियो अन्नपूर्ण नेपालएपी वान/अन्नपूर्ण ब्रोडकास्ट मिडिया लिमिटेड र अन्नपूर्ण पोस्ट डटकम संचालनमा छन्। 






तस्बिरहरु र भिडियो: दिनेशविक्रम शाह

News from annapurnapost.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/