Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

​मोर्चा नेताको भारत भ्रमण नेपालको अहितमा : बिजुक्छें

भक्तपुर, मंसिर २० - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आन्दोलनकारी नेताहरुको भारत भ्रमण नेपालको अहितमा हुने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले केही समयमा अन्य नेताहरु समेत भारत पुग्ने र देशको अहितमा सम्झौता गरिने बताउनु भएको हो ।
‘भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपालको बिषयलाई लिएर जसरी टिप्पणी गरेकी छिन् त्यो उनको कुटनीतिक मर्यादा भन्दा बाहिर गएर आएको अभिव्यक्ति हो’ बिजुक्छेंले भन्नुभयो, ‘कुटनीतिक ज्ञानको अभावसँगै उनको अभिब्यक्ति एक सार्वभौम देशमाथिको ठाडो हस्तक्षेप हो ।’

उहाँले नेपालका लागि भारतीय राजदूत रणजित रे कुटनीतिक मर्यादा बिपरित गएर काम गरिरहेको र सर्वत्र यसको चर्चा चलेपछि नेमकिपाले संसदमा राजदूतलाई कारवाहिका लागि आवाज उठाएको भन्दै संसदमा रायका बिरुद्ध उठाएको आवाज अराजक नभइ देश हितमा काम गरेको समेत बताउनुभयो ।
बिजुक्छेंले नेपालका परराष्ट्र मन्त्री कमल थापाले निजी भ्रमणको नाम दिएर भारतमा गएर गोप्य सम्झौता गरेको हुन सक्ने भन्दै थापाको भारतमा राजनीतिक भेट नेपालका लागि समेत खतरा हुन सक्ने बताउनुभयो ।
भारतले विभिन्न साधु सन्त र बाबाका नाममा भारतीय गुप्तचर विभागका कर्मचारी परिचालन गरि धर्मका नाममा नेपालमा आफ्नो पहुँच बृद्धि गरिरहेको तर्फ समेत नेपाल सरकार अनभिज्ञ रहेको बिजुक्छेंको भनाई थियो ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/