Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

गोर्खाल्याण्ड नदिए दिल्लीमा आत्मदाह गर्ने विमल गुरुङको चेतावनी

पश्चिम बंगालबाट छुट्टिने दार्जीलिङको माग
२० मंसिर, काठमाडौं । नेपालभित्रको प्रदेश सीमांकन मुद्दा सुल्झाउन मधेसी नेताहरुलाई निम्तो दिएको दिल्लीले आफ्नै देशभित्रको पहिचानको मामिला भने अहिलेसम्म सुल्झाउन सकेको छैन ।
गोर्खाल्याण्डको माग गर्दै विगत लामो समयदेखि चलिरहेको संघर्ष फेरि चर्काउने तयारी दार्जीलिङका नेपाली भाषीहरुले गरेका छन् ।
नेपालका मधेसवादी नेताहरु दिल्ली जाँदै गर्दा शनिबार गोर्खाल्याण्डको माग राख्दै गोर्खाल्याण्ड पार्वत्य परिषदका विमल गुरुङ केन्द्रीय गृहमन्त्री राजनाथ सिंहसित कडिकडाउ वार्ता गरिरहेका थिए । वार्तामा आफूले दिल्लीमा आएर गोर्खालीहरुले सामुहिक आत्मदाह गर्ने चेतावनी दिएको गुरुङले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् ।

‘मैले गृहमन्त्रीलाई भनेँ कि अब पनि तर्पांहरुले गोर्खालाई न्याय दिनुहुन्न भने दिल्लीमा हजारौं गोर्खाले आत्मदाह गर्नेछन् । मैले त्यसो भन्दा गृहमन्त्री घोरिए,’ गुङको भनाइ उद्वृत गर्दै भारतीय पत्रिका हिमालय दर्पणले लेखेको छ ।
गुरुङले गोर्खाल्याण्डको आन्दोलनलाई फेरि जिरोबाट सुरु गरेको उल्लेख गर्दै अब गोर्खाल्याण्डमा हस्ताक्षर गरेर मात्रै यसलाई बिसाउने प्रतिवद्धता जनाएका छन् ।
बंगालीले आफूहरुलाई कहिल्यै राम्रो नजरले नहेर्ने र गोर्खाले राम्रो गरेको देखिनसहने भएकाले आफूहरु पश्चिम बंगालअन्तरगत रहेर बस्न नसक्ने गुरुङले गृहमन्त्री राजनाथलाई बताएका छन् । आफ्नो मागप्रति गृहमन्त्री गम्भीर रहेको गुरुङको भनाइ छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/