Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भारत पुगेका मधेसी नेताले के भने ? (भिडियोसहित)

काठमाडौं, मंसिर २० - संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा नाकाबन्दी नभएको दावी गर्नुभएको छ । 
सहमतिका लागि मुख्य ३ दलले ल्याएको साझा धारण अस्वीकार गर्दै भारत पुगेका यादवले भारतीय नेतासँगको भेटपछि पत्रकारसित कुरा गर्दै आफूहरुले नाकाबन्दी नगरेको दावी गर्नुभयो । आफूहरुले सीमामा अवरोध गरेको यादवले बताउनुभयो । जनता दल युनाइटेडका अध्यक्ष शरद पवारसँग भेटेर फर्केपछि पत्रकारले नाकाबन्दी खोल्ने बारेमा पनि कुराकानी भयो भनेर सोधेको प्रश्न भुईमा खस्न नपाउँदै यादवले भन्नुभयो ‘पहिलो कुरा नाकाबन्दी होइन, यो अवरोध हो ।’
तर वीरगञ्ज त बन्द गर्नुभएको छ नि भन्ने प्रश्नमा यादवले भन्नुभयो ‘नो म्यान्सल्याण्डमा बस्नु नाकाबन्द होइन, हामीले असहयोग आन्दोलनका क्रममा सडक, सीमा नाका र सरकारी कार्यालयमा धर्ना दिएका छौं ।’
धर्नालाई नाकाबन्दी भन्न नमिल्ने दावी गर्दै यादवले पत्रकारप्रति नै प्रश्न गर्दै भन्नुभयो ‘नाकाबन्दी हुन्थ्यो भने त हामी यहाँ तपाईहरु समक्ष कसरी आउँथ्यौं ?’
पत्रकारसित कुरा गर्दैै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा भइरहेको आन्दोलन मधेसी नागरिकले आफ्नो अधिकारका लागि गरेको दावी गर्नुभयो । उहाँले सीमामा आफूहरुले अवरोध गरेको र सस्तो लोकप्रियताका लागि त्यसको आरोप भारतमाथि लगाईएको दावी गर्नुभयो । 

मधेसी नेताहरुको थप भनाई भिडियोमा हेर्नुहोस ।

भिडियो सौजन्य : एनआई
Ą
https://www.flickr.com/photos/spklg/15211044551/