Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

खेलाडी प्रतिबन्ध प्रकरण : एउटा गल्तीले १५ बर्षमा कमाएको इज्जत र करियर सकियो

काठमाडौं – धेरै मिहिनेत गरेर नेपाल फुटबल क्षेत्रमा सागर थापाले आदर्श व्यक्तित्वको छवि बनाएका थिए । उनीसँगै अरु केही खेलाडी पनि यस्ता थिए, जोसँग देश र फुटबलप्रेमीले ठूलो अपेक्षा गरेका थिए । तर, तिनै खेलाडी म्याच फिक्सिङ प्रकरणमा मुछिए । जसको नजिता उनीहरु एएफसीको आजीवन प्रतिबन्धमा परे । प्रतिबन्धमा परेका खेलाडीको यस्तो थियो करियर :
सागर थापा ( कप्तान )
बालगोपाल महर्जन र उपेन्द्रमान सिंहपछि सर्वाधिक धेरै पटक रातो र चन्द्र सूर्य अंकित नेपाली राष्टिय टोलीको जर्सी लगाउने सौभाग्य सागर थापाको नाममा । सन् २००३ मा राष्टिय टोलीमा डेब्य गरेका थापाले सन् २००९ मा घरेलु मैदानमै सम्पन्न एएफसी च्यालेन्ज कपको छनोट अन्तर्गत किर्गिजस्तान विरुद्धको खेलमार्फत कप्तानको जिम्मेवारी सम्हाले । ६ वर्षभन्दा समय समय कप्तानी गर्ने क्रममा उनले नेपाललाई पहिलो पटक सन् २०११ मा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा पुर्याएका थिए । ग्राहम रोबर्टसको प्रशिक्षण तथा उनको कप्तानीमा नेपालले विश्वकप छनोटमा पहिलो जीत हासिल गर्ने क्रममा टिमोरलेस्टेलाई मात्रै हराए, दोस्रो चरणको दोस्रो लेगमा
घरेलुSports-423मैदानमै जोर्डनजस्तो एशियाली शक्ती राष्टलाई एक एक गोलको बराबरीमा रोक्यो ।
खेल मिलेमतो प्रकरणमा पर्नुअघि नै सागरले नेपालको जर्सीमा ५० भन्दा बढी खेल खेलिसकेका थिए । नियमित कप्तान राकेश श्रेष्ठले चोट र बढ्दो उमेरका कारण सन्यास लिएपछि सन् २००९ बाट कप्तानको जिम्मेवारी सागरको काँधमा आइपुगेको थियो । त्यसपछि सन् २०११ मा बंगलादेशको ढाकामा सम्पन्न साफ च्याम्पियनसिपमा सागरले कमाल नै गरे । उनले बंगलादेश विरुद्धको लिग चरणको खेलमा अन्तिम समयमा गोल गर्दै नेपाललाई प्रतियोगिताको सेमिफाइनलमा लैजान महत्वपूर्ण भूमिका खेले । नेपाली स्टाइकरहरु गोलको खडेरीबाट गुज्रिएको त्यो समयमा उनले बंगलादेश विरुद्ध रेफ्रीले खेलको अन्तिम सिट्ठी फुक्नुअघि पाएको फ्रिकिक अवसरलाई सिधैँ गोलमा परिणत गरिदिए । सागरको उक्त फ्रिकीकलाई चर्चित पोर्टल गोल डटकमले त्यस महिनाका उत्कृष्ट ५ गोलको सूचिमा राखेको थियो । उक्त गोलको तुलनामा रोनाल्डिन्होले सन् २००२ को विश्वकपमा इंग्ल्याण्ड विरुद्ध गरेको गोलसँग गरिएको थियो । सागर नेपालमा फुटबल खेलेरै कार चढ्ने थोरै भाग्यमानीमध्ये एक हुन् । उनले हिमालयन शेर्पा क्लबमा छदाँ ५० हजार मासिक तलब कमाउँदै आएपनि नेपाली खेलाडीको पारिश्रमिक मासिक १ लाख हुनुपर्ने सार्वजनिक अभिव्यक्ती दिएका थिए । सन् २०१३ को साफ च्याम्पियनसिपमा पनि उनकै नेतृत्वमा आयोजक नेपाल सेमिफाइनलसम्म पुग्यो ।
काठमाडौँको मच्छेगाँउ स्थायी घर भएका थापाले बाल्यकाल विराटनगरमा बिताएका थिए । विराटनगरमै छदाँ सागरको ध्यान फुटबलले खिच्यो । उनले सन् २००२ मा फ्रेन्डस् क्लबबाट लिग खेल्दै आफ्नो करियरको सुरुआत गरे । सुरुआती समयमा उनी टोलीका फरवार्ड थिए । तर, फ्रेन्डस्मा त्यतिबेला सेन्टल डिफेन्सको अभाव खड्किएका कारण उनले डिफेन्समा खेल्न थाले । थापा सन् २००३ बाट राष्टिय टोलीका लागि छानिएका थिए । ३१ वर्षीय सागरले आफ्नो व्यवसायिक करियरका दौरान १३ वर्षसम्म माथिल्लो डिभिजनमा फ्रेन्डस्, मनांग मर्यास्डदी, एनआरटी, हिमालयन शेर्पा र थ्रीस्टारबाट खेले । यसै वर्ष थ्रीस्टार लिग फुटबलको उपाधी उचाल्न केवल २ खेलबाट टाढा रहेको अवस्थामा उनी म्याच फिक्सिंगको अभियोगमा जेल गए । जेल जानुअघि सागर थ्रीस्टारका कप्तान थिए र उनले उत्कृष्ट खेल्दै थ्रीस्टारको लीग उपाधि जित्ने आधार खडा गरेका थिए । एन्फाबाट अपार्टमेन्ट पुरस्कार जितेपनि सक्कली अपार्टमेन्ट जित्न नपाउँदै उनी एएफसीको आजीवन प्रतिबन्धमा परेका छन् ।
सन्दीप राई
सन् २००८ मा पाकिस्तान विरुद्धको मैत्रिपूर्ण खेलमार्फत नेपाली टोलीमा डेब्यु गरेका सन्दीप म्याचफिक्सिंग काण्ठमा पर्नुअघि नेपालका नियमित डिफेन्डर थिए । केवल २६ वर्षका सन्दीप राईसँग राष्टिय टोलीले अझै धेरै अपेक्षा गरेको थियो । खेल मिलेमतो प्रकरणमा नपरेको भए बालगोपाल महर्जन, उपेन्द्रमानसिंह, सागर थापा र विराज महर्जनपछि नेपालका लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी सन्दीप हुनेथिए । खेल मिलोमतो प्रकरण पर्नुअघि सन्दीपले खेलेको ४९ अन्तर्राष्ट्रिय खेलको आँकडाले नेपाली टोलीका लागि उनको आवश्यकता झल्काउँछ ।
sandip raiनेपालका भरपर्दा डिफेन्डर सन्दीप राई टोलीलाई गोलको आवश्यकता पर्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल समेत गर्ने गर्दथे । सन् २०११ मा नेपाली स्टाइकरको प्रदर्शन फितलो रहदाँ समूह चरणमा नेपालले गरेका तीन गोलमध्ये एक गोल सन्दीपको नाममा थियो । उनले माल्दिभ्स विरुद्ध गोल गर्दै नेपाललाई बराबरीको स्थितीमा ल्याएका थिए । सन्दीप फुटबलमय परिवार हुर्किएका हुन् ।
७–८ वर्षको नपुग्दै उनी सुनसरी–दुहबी आसपासका अन्य बच्चाहरुस“ग फुटबल खेल्न पुगिसकेका हुन्थ्ये“ । एन्फा एकेडेमीमा छनौट हुदा“ सन्दीपको उमेर थियो, केवल ९ वर्ष । सन्दीपस“गै अहिले राष्ट्रिय टिमबाट खेलिरहेका निराजन खड्का र भरत खवास आजभन्दा डेढ दशकअघि एन्फा एकेडेमीमा छनौट भएका थिए । तर भरत अण्डर–१४ मा छनौट हुदा“ निराजन र सन्दीपले अण्डर–१६ टिममा मौका पाए । २०६१ सालमा एनआरटीले एन्फा एकेडेमीबाट भर्खरै निस्केका चार नया“ खेलाडी आबद्ध गर्ने निर्णय लिदा“ सन्दीपको नाम पनि सामेल थियो । एकेडेमीकै उत्पादन प्रलयराज भण्डारी, सुसन भण्डारी र सुवास राईले एनआरटीबाट क्लब फुटबलमा डेब्यु गरे । सन्दीप अर्को वर्ष मनाङ लागे , जहा“ उनले सानै उमेरमा वसन्त थापा, वसन्त गौचन र कुमार थापाजस्ता त्यतिबेलाका राष्ट्रिय टिमका प्रमुख खेलाडीस“गै खेले । मनाङ म¥र्याङदी क्लबको ड्रिम टिमले लिगसहित देशका प्रमुख उपाधि उचाल्दा सानै उमेरमा सन्दीपको लिग जित्ने सपना पुरा भइसकेको थियो । उनले थ्रीस्टारबाट पनि लिग जितने ।
सन्दीप आफुलाई लाष्ट डिफेन्समा भरपर्दा खेलाडी थिए । तर उनी मिडफिल्ड तथा राईट ब्याकमा पनि राम्रो खेल्थे । समग्रमा नेपाली टिममा उनको परिचय े अलराउन्डरको थियो । सागर थापासँगै उनीपनि थ्रीस्टारले लिग उपाधी उचाल्न दुई खेल बाँकी छदाँ म्याच फिक्सिंगको अभियोगमा परे । सन् २०१३ एन्फाले गरेको जनमतको परिणाम सार्वजनिक हुदाँ सन्दीप राई नेपालकै सर्वाधिक चर्चित फुटबलरको सूचिमा पहिलो नम्बरमा थिए ।
Ritesh-Thapaरितेश थापा
म्याच फिक्सिंगको अभियोगमा परेका रितेश थापा आफ्नो शान्त स्वभाव र उत्कृष्ट गोलकिपिंगका कारण चर्चामा रहन्छन् । तर, नेपाली फुटबलमा ग्रहण लागेका बेला उनले आफ्नो खेल करियर सुरु गरेका थिए । करियरको सुरुआती समय त्यतिबेलाका स्टार गोलकिपर उपेन्द्रमानसिंहको छायाँमा परेका रितेश त्यसपछि वर्तमान गोलकिपर किरण चेम्जोंगको छायाँमा परे । सन् २००३ मा दक्षिण कोरिया विरुद्ध एएफसी एशियन कपको छनोट खेलमा नेपालको गोलपोष्ट अनुभवविहिन रितेशले सम्मालेका थिए । पहिलो अन्तर्राष्ट्रिय म्याच नै तत्कालिन एशियाली शक्तिविरुद्ध खेल्नुपर्दा निकै नभर्स देखिएका रितेशले उक्त खेलमा १६ गोल खाए । तर नेपालले कुनै गोल फर्काउन सकेन । उक्त खेलमा कोरियाका डिफेन्डर पार्क जिन एक्लैले ५ गोल गरेका थिए । रितेशको करियर घरेलु फुटबलमा भने उल्लेखनिय मानिन्छ । उनले नेपाल प्रहरीमा आबद्ध भएपछि पुलिसलाई चारपटक लिग जिताउन महत्वपूर्ण भूमिका खेले । पुलिस क्लबका पहिलो रोजाईका गोलकिपर रितेशले त्यसअघि थ्रीस्टार क्लबबाट व्यवसाहिक फुटबल यात्रा सुरु गरेका थिए । पुलिसमा पहिलो रोजाईको गोलकिपर भएपनि राष्टिय टोलीमा उनीभन्दा शारिरीक र प्राविधिक रुपमा उत्कृष्ट किरण चेम्जोंगले सन् २००८ पछि प्राथमिकता पाउन थाले । सन् २००७ मा नेपाल प्रहरीले एएफसी प्रेसिडेन्ट कपको फाइनलमा स्थान बनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक उत्कृष्ट प्रदर्शन गर्ने किर्तिमान आफ्नो नाममा लेखाउँदा प्रहरीको गोलपोष्ट रितेशले नै सम्हालेका थिए । म्याच फिक्सिंगमा पर्नुअघि उनी पुलिस क्लबमा धेरैपटक म्याच विनर प्रमाणित भए । रितेशले दुई वर्षअघि मात्रै एन्फाबाट अपार्टमेन्ट पुरस्कार पाएपनि सक्कली अपार्टमेन्ट पाएका थिएनन् ।
anjan kcअन्जन केसी
खेलाडीका रुपमा अन्जन केसीको करियर त्यति सफल साबित भएन । तर प्रशिक्षकका रुपमा उनी आशा गरिएका अनुहार थिए । थ्रीस्टार क्लबले तीन वर्षअघि लिग उपाधी जित्दा अन्जन प्रदीप हुमागाँईका सहायक थिए । उनी थ्रीस्टारले यस वर्ष लिग उपाधी जित्दा प्रयोगमा ल्याएका दुई प्रशिक्षकमध्ये एक थिए । म्याच फिक्सिंगमा पर्नुअघि नै अन्जनले राजीनामा गरेपछि थ्रीस्टारले राजेन्द्र तामांगलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । अन्तत तामांगले थ्रीस्टारलाई लिग जिताए ।
एन्फा एकेडेमीका पहिलो ब्याजका खेलाडी अन्जन केसीले थ्रीस्टारलाई २०६१ सालमा लिग उपाधी जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यतिबेला थ्रीस्टार क्लब काठमाडौँमै भएको प्रेसिडेन्ट कपको सेमिफाइनलसम्म पुगेको थियो । नेपाली टोलीबाट तीनपटक साफ च्याम्पियनसिपसहित अन्य थुप्रै प्रतियोगितामा सहभागिता जनाए । सन् २०१३ मा थ्रीस्टार क्लबलाई उनले एएफसी प्रेसिडेन्ट कपमा आफ्नो प्रशिक्षणमा उतारेका थिए । उनले सन् २०१३ मै एएफसी बि लाईसेन्स कोचिंग कोर्स गरेका थिए ।
विकाससिंह क्षेत्री
संकटा,थ्रीस्टार र मनांग मस्र्यांगदीबाट खेलेका विकाससिंह प्रतिबन्धमा पर्नुअघि चोटका कारण टोलीमा थिएनन् । उनले नेपाली फुटबल टिमबाट सन् २०१४ को फिफा विश्वकप छनोटसहित सन् २०११ को साफ च्याम्पियनसिप तथा नेहरु कपमा सहभागिता जनाए । विकासले सन् २००८ मा पोखरा रंगशालामा भएको मैत्रिपूर्ण भिडन्तमा नेपालले भूटान विरुद्ध २ १ को जीत हासिल गर्दा एक गोल गरेका थिए । उक्त गोल नै नेपालका लागि विकासको अहिलेसम्मको एकमात्रै गोल हो । पछिल्लो समय चोटले करियर छायाँमा पर्नुअघि उनी नेपालका अब्बल मिडफिल्डर मानिन्थे । उनी डिफेन्समा समेत उत्तिकै स्तरीय थिए ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/