Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

आइएसआईका मास्टरमाइन्ड बग्दादी, जसले ओबामा र पुटिनसम्मलाई राम्ररी निदाउन दिन्नन्

अबु बकर अल बग्दादीले अहिले विश्वकै शक्तिशाली आतंककारी संगठन आईएसको नेतृत्व गरिरहेका छन् । सन् १९७१ मा इराकको बग्दादमा जन्मिएका इब्राहिम आवाद इब्राहिम अलि महोमद्ध अल बद्री अल सामाराई अहिलेका बग्दादी रहेको धेरैको अनुमान छ । अपहरण, हत्या, मारपिट र बलात्कारका घटना घटाउँदै संसारमै त्रास फैलाउने बग्दादी कुनै समय हत्या–हिंसाका विरोधी, भगवान्मा आस्था राख्ने र सिधा–सादा व्यवहार गर्ने व्यक्ति थिए भन्ने पत्याउन धेरैलाई गाह्रो होला । तर ४७ वर्षिय अहमद अल दावास बग्दादीलाई सामान्य र सोझा व्यक्तिको रुपमा चित्रण गर्छन् ।
दावास तिनै व्यक्ति हुन्, जसले सन् २००३ मा अमेरिकी नेतृत्वको गठबन्धनले इराकमाथि धावा बोल्दा त्यसको प्रतिकार गर्न इस्लामिक आर्मी अफ इराक गठन गरेका थिए । दावास भन्छन् – ‘म इस्लामिक विश्वविद्यालयमा बग्दादीसँगै पढेको थिएँ । हामीले एउटै विषय पढ्यौँ तर उनी मेरा साथी थिएनन् । उनी शान्त र लजालू थिए, एक्लै समय बिताउँथे ।’
दावासका अनुसार इराकमा अल कायदाको शाखा खुल्दासम्म पनि बग्दादी त्यस संगठनमा थिएनन् । उनी भन्छन् –‘म अल कायदाका तत्कालिन प्रमुख जरक्र्वावीलाई राम्ररी चिन्दथे । उनीसँग मेरो दाजुभाईसँग भन्दा राम्रो सम्बन्ध थियो । तर बग्दादीका विषयमा मलाई थाहा थिएन । उनी मेरो इलाका नजिकै एक मस्जिदमा प्रार्थना गर्दथे । उनलाई वास्तवमै कसैले ध्यान दिएन ।’

२ फेब्रअरी सन् २००४ मा इराकमा रहेको अमेरिकी सेनाले फाल्लुजाह नजिकबाट बग्दादीलाई पक्राउ गरेको थियो । अहिले बग्दादी भनेर चिनिने इब्राहिम आवाद इब्राहिम अल बद्रि सामूराईले झन्डै १ वर्ष क्याम्प बुक्कामा बन्दी जीवन बिताए । तर आतंककारी रहेको कुनै प्रमाण नभेटिएपछि २००४ को डिसेम्बरमा इब्राहिम आवाद इब्राहिम अल बद्रि सामूराई निर्दोष रहेको भन्दै अमेरिकी सेनाले सामान्य बन्दीका रुपमा रिहा गर्यो । त्यतिबेला क्याम्प बुक्काका कमाण्डर रहेका अमेरिकी कर्णेल केनिथ किङको भनाई पत्याउने हो भने बग्दादीको आतंकवादको यात्रा त्यसपछि मात्रै सूरु भएको हो । केनिथ भन्छन्– ‘हामीले त्यतिबेला थुप्रै खोजी गर्दा पनि आतंकवादमा उनी लागेको कुनै प्रमाण भेटिएन । उनीजस्तै आईएसआईएसमा आबद्ध अहिलेका थुप्रै नेता त्यतिबेला रिहा भएका थिए ।’
सन् २००४ मा अमेरिकी सेनाले सामान्य बन्दीका रुपमा रिहा गरेका तिनै इब्राहिम आवाद अहिले अबु बकर अल बग्दादीका रुपमा विश्वकै शक्तीशाली आतंककारी सैन्य बल इस्लामिक स्टेटको नेतृत्वमा छन् । पटक–पटक उनको मृृत्युका भूmटा खबर अमेरिकी तथा पश्चिमा मिडियाले सार्वजनिक गर्ने गरेका छन् । यसै वर्षको मार्चमा अमेरिकी नेतृत्वको सेनाले गरेको हवाई हमालाका क्रममा बग्दादीको निधन भएको बताइएको थियो । तर मृत्युको हल्ला फैलिएको एक महिनापछि आफ्नो मौनता तोड्दै अल बग्दादीले अडियो टेप सार्वजनिक गरे ।
उनले इराक र सिरिया खालिफाको नियन्त्रणमा आएको भन्दै मुसलमानहरुलाई यस क्षेत्रमा बसाई सर्न अडियो सन्देशमार्फत आव्हान गरेका छन् । खालिफा अर्थात सम्पूर्ण मुसलमानका धर्मगूरु महोमद्धका उत्तराधिकारी अबू बकरका उत्तराधिकारीका रुपमा समर्थकहरुले बग्दादीको नाम प्रचार गर्दै आएका छन् । इराक र सिरियाका थुप्रै भूभागमा अहिले आईएसआईएसको कब्जा छ । अल बग्दादी आईएसआर्ईएसको सैन्य संगठनका कमाण्डर तथा प्रमुख हुन् । उत्तरी इराकको मोसुल शहर कब्जामा लिएपछि अल बग्दादी पहिलो पटक गत वर्ष सार्वजनिक भएका थिए । आईएसले सार्वजनिक गरेको भिडियोमा उनी मस्जिद नजिक सार्वजनिक भाषण गर्दै थिए । यसअघि बग्दादीका आधिकारीक दुई फोटोमात्रै विश्वले देखेको थियो । आईएस प्रमुख अल बग्दादीले आफ्ना कमाण्डरलाई सम्बोधन गर्ने क्रममा मास्क लगाउने गरेका छन् । त्यसैले उनलाई ‘नदेखिने शेख’ पनि भनिन्छ ।
यसकारण लगाउँछन् बग्दादीले मास्क
सन् २००६ अघि बग्दादी पनि सार्वजनिक रुपमा हिडँ्ने गरेको उनका समकालिनहरु बताउँछन् । त्यतिबेलासम्म बग्दादीलाई बाँकी विश्वले चिनिसकेको थिएन । इराकमा अल कायदाका तत्कालिन प्रमुख अबु मुसब अल जाक्र्वाभी चर्चामा थिए । उनी जिहादी समूहमार्फत इराकमा विभिन्न आक्रमण गर्दै बाँकी विश्वमा त्रास फैलाउदै थिए । तर यसरी सार्वजनिक रुपमा देखिने गरेका जाक्र्वाभीको गोप्य ठाउँ पत्ता लगाएर अमेरिकाले सन् २००६ मा बम प्रहार गर्दै हत्या गर्यो । जाक्र्वाभीको हत्या हुदाँसँम्म अल बग्दादी अमेरिकी निशानामा थिएनन् । त्यसपछि झस्केका बग्दादीले सुरक्षाका कारण मास्क लगाउन थाले ।
Mugshot_of_Abu_Bakr_al-Baghdadi,_2004हिंसा विरोधी थिए डाक्टर बग्दादी
अहिले पश्चिमा विश्वहरुले बुझ्ने बग्दादी भन्नाले सन् २००४ मा अमेरिकाले छाडेका इब्राहिम आवाद नै हुन् । आवादकोे जन्म सन् १९७१ मा इराकको राजधानी बग्दादको उत्तरतर्फ पर्ने सामारामा भएको बताइएको छ । आवादका पुराना साथिहरु उनी युवाअवस्थामा निकै लजालु, प्रभावहिन र धार्मिक प्रकृतिको रहेको बताउँछन् । उनी धर्मका अनुयायी थिए ।
युवा अवस्थामा हिंसाको विरोध गर्ने गर्दथे । बग्दादको पश्चिमी सिमामा रहेको टोब्चीस्थित गरिब बस्तीमा एउटा सानो स्थानिय मस्जिदसँग जोडिएको कोठामा बग्दादी सन् २००४ सम्म बसेका थिए । यो क्षेत्र सिया र सुन्नी दुबै मुसलमानहरु बस्ने गरेको क्षेत्र हो । उनी बौद्धिक व्यक्तित्व समेत हुन् । सन् २०१४ मा अमेरिकी तथा इराकी गुप्प्तचर संस्थाले गरेको विश्लेषण अनुसार आवादले इस्लामिक शास्त्रमा बग्दादको एक विश्वविद्यालयबाट पिएचडी गरेका छन् । इस्लामिक युनिर्भसिटी अफ बग्दादबाट उनले बिए, एमए र पिएचडि सकेका हुन् ।
केही पश्चिमा मिडियाहरु अबु बकर र इब्राहिम आवाद एकै व्यक्ती नरहेको समेत बताउँछन् । अबु बकर सद्धाम हुसैनकै समयमा अर्थात सन् २००३ अघि नै सैन्य जिहादी रहेको अनुमान लगाउनेहरु पनि छन् । तर, केही पश्चिमा मिडियाले अमेरिकाले दक्षिणी इराकस्थित क्याम्प बुक्कामा निर्दोष हुनका बाबजुद बन्दीका रुपमा कठीन जीवन बिताउनु परेपछि इब्राहिम आवादमा हिंसाको आगो सल्किएको बताएका छन् । त्यसपछि उनी बग्दादीका नाममा उग्रवादी बनेर निस्किएका हुन् । केही मिडिया उनी सद्धाम हुसैनको समयमा मस्जिदको रक्षार्थ खटिएका एक व्यक्ती मात्रै रहेको बताउँछन् । अधिकांश पश्चिमा मिडियाको दाबी भने सन् २००५ देखी आतंकवादी संगठनसँग नजिक हुन थालेका इब्राहिम आवाद नै अहिलेका बकर अल बग्दादी रहेको भन्ने छ ।
आतंकवादमा एकपछि अर्को सफलता 
इस्लामिक स्टेट अफ इराक (आईएसआई) विश्वव्यापी आतंककारी संस्था अल कायदाको इराकस्थित शाखा कार्यालय थियो । २०१० मा अबु ओमर अल बग्दादीको निधनपछि अल बग्दादी यस संस्थाको प्रमुख बने । अल बग्दादीको योजनामा २८ अगस्ट २०११ मा आईएसआईले बग्दादको उम अल क्वेरा मस्जिदमा आत्मघाती बम बिस्फोट गरायो । यस घटनामा सुन्नी समूदायका चर्चित कानून निर्माता खालिद अल फादावीको निधन भयो । सन् २०११ को मार्चदेखी अप्रिलसम्म एक महिनाबीच आईएसआईले बग्दादमा शृंखलावद्ध रुपमा २३ वटा आक्रमण गर्यो । यि सबै आक्रमणका पछाडी बग्दादीको हात थियो ।
२ मेइ २०११ मा अमेरिकी सेनाले पाकिस्तानमा अलकायदाका प्रमुख ओशामा बिन लादेनको हत्या गरेपछि अल बग्दादीले अमेरिकी सेनालाई धम्क्याउँदै विज्ञप्ती जारी गरे । विज्ञप्तीमा ओशामा विन लादेन असल व्यक्ति रहेको भन्दै उनको हत्याको बदला लिने उल्लेख थियो । त्यसको तीन दिनभित्रै बग्दादको दक्षिणबाट १ सय किलोमिटर टाढा हिल्लामा भएको आक्रमणमा २४ जना प्रहरीको निधन भयो भने ७२ घाइते भए । अल बग्दादीले यसको जिम्मेवारी लिए ।
२०११ कै अगस्ट २५ मा आईएसआईले मोसूलमा शृंखलावद्ध बम बिस्फोट गराउँदा ७० जनाको निधन भयो । लगत्तै आईएसआईले बिन लादेनको हत्याको बदलास्वरुप इराकमा १ सय वटा आक्रमण गर्ने भन्दै आफ्नो वेभसाइटमार्फत थप त्रास फैलायो । त्यसपछि बग्दादीले २०११ को डिसेम्बरमा बग्दाद नजिक विभिन्न क्षेत्रमा कारमा आत्मघाती आक्रमण गरे । घटनामा ६३ जनाको ज्यान गयो । अमेरिकाले इराकमा आफ्नो मिसन पुरा भएको भन्दै सैनिक फिर्ता गरेको एकदिनपछि यस्तो घटना घटाइएको थियो । त्यसयता, बग्दादी निरन्तर शक्तीशाली बन्दै आएका छन् । २ डिसेम्बर २०१२ मा इराकी अधिकारीहरुले अल बग्दादीलाई पक्राउ गरेको बताएका थिए । तर आईएसआईले इराकी अधिकारीहरुको अभिव्यक्ती अस्विकार गर्यो । ५ दिनपछि इराकका अन्तरिम मन्त्रीले पक्राउ परेको व्यक्ती बग्दादी नभएर स्थानिय कमाण्डर मात्रै रहेको बताए ।
आतंककारीको सूचिमा परेपछि बढ्यो चर्चा
सन् २०११ मा अमेरिकाले बग्दादीलाई पहिलो पटक आतंककारीको सूचिमा राखेको थियो । उनको हत्या गर्ने वा हत्याका लागि सुचना दिनेलाई १० मिलियन अमेरिकी डलर पुरस्कार दिने अमेरिकाको घोषणा छ । बग्दादीलाई सम्बोधन गरिने अन्य नाम अबु दुवा र डाक्टर इब्राहिम अवाद इब्राहिम अलि अल बद्री अल समाराई हो । उनको वास्तविक परिचयसँगै उनी सिरियाका राकामा बस्छन् वा बस्दैनन् भन्ने समेत अहिलेसम्म पुष्टि हुन सकेको छैन् ।
सिरिया कब्जा र अल कायदासँग सम्बन्ध विच्छेद
२०१३ मा सिरियामा आफ्नो सञ्जाल बिस्तार गर्नुअघि बग्दादी र आईएसआईको कार्यक्षेत्र केवल इराक मात्रै थियो । ८ अप्रिल सन् २०१३ मा बग्दादीले इस्लामिक स्टेट अफ इराक एन्ड द लेभान्ट अर्थात आईएसआईएलको घोषणा गरे । यही समूहको अर्को अर्को नाम इस्लामिक स्टेट इन इराक एन्ड सिरिया (आईएसआईएस) हो ।
अल कायदाको सिरियाली शाख संगठन अल नुस्र्रा फ्रन्टसँग आईएसआईले एकता गरेपछि आईएसआईएस अर्थात छोटकरीमा आईएसको जन्म भएको हो । बग्दादीले एकता घोषणा गर्दासम्म अल नुस्र्रा फ्रन्ट अल कायदाको सिरिया प्रतिनिधि थियो भने बग्दादी नेतृत्वकै आईएसआई अलकायदाको इराकस्थित प्रतिनिधी थियो । तर दुई समूहबीचको एकतालाई अल नुस्र्राका नेता महोमद्ध अल जुलानीले स्विकार गरेनन् । बग्दादीको नेतृत्व स्विकार्न तयार नभएपछि उनले अल कायदाका प्रमुख आयम्यान अल जावाहिरीलाई यसको जानकारी गराए । त्यसपछि सन् २०१४ मा जावाहिरीले आईएसआईलाई इराकमा मात्रै आफ्नो कारबाही सिमित गर्न निर्देशन दिए । यतिबेलासम्म अल बग्दादीले अल नुस्र्रा फ्रन्टका ८० प्रतिशत विदेशी सेनाहरुलाई आफ्नो नियन्त्रणमा लिइसकेका थिए ।
150727103950-abu-bakr-al-baghdadi-super-169
उनले जावाहिरीको निर्देशनविपरित अल नुस्र्राका नेता महोमद्ध अल जुलानी नेतृत्वका सैनिकसँग भिड्दै २०१४ को जनवरीमा सिरियाली शहर अल राका कब्जामा लिए । अल कायदामै आबद्ध दुई शक्तीबीचको झडप राकामा मात्रै सिमित भएन, त्यही महिना दुई शक्ती इराकसँग सिमा जोडिएको डिर्य इज डोर गर्भनोरेटमा पनि भिडे । यसक्रममा सयौँ सैनिक तथा सर्वसाधारणको मृत्यु भयो र दशौँ हजारले घर छाडे । भिडन्तमा महोमद्ध जुलानी नेतृत्वको. अल नुस्र्रा नराम्ररी परास्त भयो ।
लगत्तै अर्को महिना अल कायदाले आईएसस आफूसँग आबद्ध नरहेको र अल नुस्र्रा मात्रै सिरिया स्थित आफ्नो प्रतिनिधी रहेको वक्तव्य निकाल्यो । त्यसयता, सिरियामा अल नुस्र्राका प्रमुख महोमद्ध जुलानी आईएसको विरुद्धमा छन् । यता, अल कायदाका प्रमुखलाई खुलेयाम चुनौती दिने बग्दादी र उनका सैनिकहरु आईएस मात्रै इस्लामिकहरुको पक्षमा लड्ने संस्था रहेको दाबी गर्छन् । पश्चिमा शक्तीहरुले बकर अल बग्दादी र आईएसले साउदी अरेबिया र कतारका धनाढ्ययहरुसँग पैसा लिदैँ आफ्नो शक्ती बिस्तार गरेको आरोप लगाएका छन् ।
फेरिएको छ बग्दादीको छवि
कुनै समय शान्त छविका बौद्धिक व्यक्तित्व तथा हिंसा विरोधी मानिने डाक्टर इब्राहिम आवादको छवि अबु बकर अल बग्दादीका रुपमा फरक छ । उनकोे ब्याड ब्वाई छवि र धर्म जोगाउने नाममा अन्यमाथि निर्मम आतंककारी हमाला गर्नसक्ने शैलीले थुप्रै युवा जिदाहीहरुलाई आईएसमा आबद्ध हुन आर्कषित गरिरहेको छ ।
तुलनात्मक रुपमा अल कायदाका नेता जिवाहिरीभन्दा बग्दादी हिंसा र त्रासको बढी वकालत गर्छन् । इब्राहिमका रुपमा हत्या–हिंसाको विरोध गर्ने बग्दादीले केही समयअघि सार्वजनिक गरेको अडियो टेपमा स्पष्ट रुपमा हिंसाको वकालत गरेका छन् । ्१४ मेइ २०१५ मा आईएसले सार्वजनिक गरेको नयाँ अडियो सन्देशमा उनले भनेका छन्– ‘इस्लाम कहिल्यै शान्तिको धर्म हुन सक्दैन् । यो युद्धको र काटमारको धर्म हो ।’
महोमद्धका उत्तराधिकारी
बग्दादीका समर्थकहरु उनलाई इस्लाम धर्मगुरु महोमद्धका धार्मिक तथा राजनैतिक उत्तराधिकारी अबु बकरको उत्तराधिकारी अर्थात खालिफा मान्छन् । सुन्नी परम्पराअनुसार इस्लामका प्रवद्र्धक महोमद्ध बिरामी भएपछि उनका ससुरा अबु बकर उत्तराधिकारीका रुपमा धर्म गूरु तथा राजा बनेका थिए । धर्मगूरु महोमद्धका सन्तान बाहेक इस्लाम धर्म अंगाल्ने अबु बकर पहिलो व्यक्ती थिए ।
२७ महिना शासन गरेपछि महोमद्ध बिरामी भए र त्यसपछि अबु बकरले उत्तराधिकारीका रुपमा शासन सुरु गरे । त्यतिबेला विभिन्न धर्मको प्रभाव अन्त्य गर्ने क्रममा अबू बकरले अहिलेको सिरियास्थित राकामा इस्लामिक स्टेटको पक्षमा युद्ध लडेका थिए । अहिले बग्दादीले त्यस्तै अभियान थालेका कारण उनलाई अबु बकर अर्थात खालिफा वा इस्लाम धर्मका राजा मानिएको छ ।
अहिले बग्दादीको समूहले अन्य धर्मको अन्त्य गर्दै अबु बकरकै समयको राज्यको परिकल्पना गरेको छ । २०१५ को नोभेम्बरसम्म मात्रै आईएसले सिरिया र इराकमा अनुमानित २ दशलमव ८ मिलियनदेखी ५ दशलमव ३ मिलियन जनताको बसोबास रहेका क्षेत्रमा कब्जा जमाएको बताइएको छ । सिरिया र इराकमा आईएसले कब्जामा लिएका भूभाग झन्डै सिंगो बेलायत बराबर हुन आउँछ । युरोप, अमेरिका र एशिया समेत गरेर झन्डै १ सय देशका नागरिक आईएसको सैन्य बलमा छन् । सिरियामा आईएस र राष्टपति बसर अल असदका विरुद्ध लडाँईमा सक्रिय कुर्दिस समूहका एक नेताका अनुसार आईएससँग २ लाखभन्दा बढीको सैन्य बल छ । त्यस्तै, ३१ हजारभन्दा धेरै गुप्तचर छन् ।
बस्ने ठाँउ र परिवारका विषयमा विश्व अस्पष्ट
अन्तर्राष्ट्रिय समूदायको आईएस विरुद्धको युद्धमा बग्दादी पहिलो निशानामा छन् । तर उनी कहाँ बस्छन् भन्ने विषयमा अन्तर्राष्ट्रिय समूदाय नै स्पष्ट छैन् । अमेरिकी गुप्तचर विभागले उनी सिरियाको राकामा सर्वसाधारणबीच घेरिएर सामान्य जीवन बिताउँदै बसेको अनुमान लगाएको छ । राकामा आईएसको मूख्यालय रहेको पनि अनुमान लगाइएको छ ।
बग्दादीको परिवारका सम्बन्धमा थोरमात्रै सुचना बाहिर आउँछ । बाहिर आएका सूचना पनि सबै सही प्रमाणित भएका छ्रैनन् । केही समयअघि बेलायती सञ्चारमाध्यम रोयटर्सले इराकको स्थानिय स्रोतलाई उद्धृत गर्दै बग्दादीका तीन श्रीमती रहेको समाचार प्रकाशित गरेको थियो । समाचार उनका दुई पत्नी इराकी र एक सिरियाली रहेको जनाइएको थियो । तर समाचारमा उल्लेख भए मध्ये साजा अल दुलाईमीसँग बग्दादीको सम्बन्ध विच्छेद भइसकेको आन्तरिक मामिला मन्त्रीले जनाएका थिए । यसबाहेक आश्मा फजी महोमद्ध अल दुलाईमी र इस्र्रा राजाव महल बग्दादीका बाँकी दुई श्रीमती हुन् ।
को हुन् साजा–अल दुलाईमी ?
Saja-al-Dulaimi_2977429bबग्दादीको साजा–अल दुलाईमीसँगको सम्बन्ध निकै चर्चामा आउँछ । उनका तीन श्रीमतीमध्ये साजा–अल दुलाईमी अहिले उनीसँग छैनन् । बग्दादीले उनलाई गुप्तचरका रुपमा प्रयोग गर्ने गरेको आशंका पनि छ । बग्दादीले साजा अललाई अनलाईनमा भटेका थिए,पछि उनीहरुबीच प्रेम बस्यो र विवाह भयो । २०१३ को अन्त्यमा अल दुलाईमी उनी सिरियामा गिरफ्तार भएकी थिइन् । तर, छोटो समयमै जेलबाट रिहा भइन् ।
अल कायदाले कब्जामा लिएका सर्वसाधारणलाई छुटाउने क्रममा सिरियाली सरकारले उनीसँगै १ सय ५० महिलालाई रिहा गरेको थियो । पश्चिमा मिडियाहरुले उनको पुरै परिवार आईएसमा आबद्ध भएको बताएपनि इराक सरकारले आईएस विरुद्धको लडाँईमा रहेको अल कायदाको संस्था अल नुस्र्री फ्रन्टमा उनका बाबु सक्रिय रहेको बताएको छ । २०१४ को नोभेम्बरमा अल दुलाइमी आफ्ना दुई छोरा र कान्छी छोरीसँगै लेबनानमा पक्राउ परिन् । तर लेबनानी आन्तरिक मामिला मन्त्रीले दुलाईमीले अबु बकर अल बग्दादीसँग सम्बन्ध विच्छेद गरेको र तत्काल उनीसँग सम्पर्कमा नरहेको अभिव्यक्ती सार्वजनिक गरेका थिए । सिरिया, इराक र लेबनानको संयुक्त प्रयासपछि पक्राउ परेकी दुलाईमी अहिले जेलमा छिन् ।
उनको तीनपटक विहे भएको र अहिले उनी एक प्यालेस्टाइनीसँग वैवाहिक सम्बन्धमा रहेको पनि लेबनानी मन्त्रीले बताएका थिए । मन्त्रीका अनुसार इराकमा सद्धाम हुसैनको सत्ता छदाँ अल दुलाईमी सरकारी पदमा कार्यरत फल्लाह इस्माइल जासिम नामक व्यक्तीकी श्रीमती थिइन् । फल्लाह सद्धामको सत्ता ढलेपछि विद्रोही सेनामा जोडिएका थिए । उनी इराकी सेनासँगको युद्धमा २०१० मा मारिए । त्यसअघि नै अल दुलाईमीले फल्लाहसँग सम्बन्ध–विच्छेद गरेर बग्दादीसँग विहे गरेकी थिइन् ।
६ वर्षअघि बग्दादीसँग विहे गरेकी दुलाईमी केवल ३ महिनामात्रै बग्दादीसँग बसिन् । लेबनानी अधिकारीहरुले गरेको डिएनए परिक्षण अनुसार दु्लाईमीसँग समातिएका दुई छोरा बग्दादीका थिएनन्, तर ६ वर्षिय छोरी बग्दादीकी थिइन् । दुई छोरा भने फल्लाहको रहेको लेबनानी मन्त्रीले बताएका थिए । त्यतिबेला दुलाईमीले लेबनानी अधिकारीसँग तत्काल एक प्यालेस्टाइनीसँग वैवाहिक सम्बन्धमा रहेको र उनको गर्भ बोकेको बताएकी थिइन् । तर, त्यतिबेला रिहा भएकी दुलाईमी फेरि अहिलेका श्रीमान् प्यालेस्टाईनी नागरिक कमाल खालाफसँगै पक्राउ परिन् ।
लेबनानी अदालतले उनीहरु आतंककारी क्रियाकलापमा संलग्न रहेको भन्दै दुबैलाई पक्राउ गर्न निर्देशन दिएको थियो । अल बग्दादीले सन् २००० मा आफ्नो पिएचडी सकेपछि पहिलो पटक विवाह गरेको बेलायती सञ्चारमाध्यम द गार्जियनले जनाएको थियो । द गार्जियनका अनुसार विवाहपछि जन्मिएका छोरा अहिले १२ वर्षका पुगे । त्यस्तै लेवनानमा गत वर्ष अल दुलाइमीसँगै पक्राउ परेकी ६ वर्षिय बालिका बग्दादीकी छोरी रहेको डिएनए परिक्षणले पुष्टि गरेको थियो ।
मृत्यु,प्यारालाईसिस र चोटको आशंका
यसै वर्ष मार्च १८ मा सिरियाली सिमाक्षेत्र नजिक अल बाज जिल्लामा हवाई हमालाका क्रममा बग्दादी चोटग्रस्त रहेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका थिए । त्यतिबेला उनी यति गम्भीर घाइते थिए की आईएसका नेताहरुले उनको निधन भयो भने कसले संगठनको नेतृत्व गर्ने भनेर बैठक नै बोलाएका थिए । २२ अप्रिलसम्म उनको चोट निको भएको थिए ।
इराकी सरकारले २२ अप्रिलमा अबु अला अल अफ्रिले बग्दादीको ठाउँ लिने दाबी गरेको समाचार त्यतिबेला अन्तर्राष्टिय सञ्चारमाध्यममा चर्चामा थियो । तर अमेरिकाले भने हवाई हमालामा परेका व्यक्ति बग्दादी भएकोमा विश्वास गर्न नसक्ने जनाएको थियो । मेइ ३ तारिखमा बेलायती सञ्चारमाध्यम गार्जियनमा प्रकाशित समाचारमा बग्दादी चोटमुक्त हुदैँ गरेको उल्लेख थियो । समाचारमा बग्दादीको ढाड भाँचिएको र उनी प्यारालाईसीस भएको समेत जनाइएको थियो । १० दिनपछि आईएसका सैनिकहरुले बग्दादीलाई चोटग्रस्त बनाउने विरुद्ध हमाला गर्ने चेतावनी दिएका थिए ।
यस घटनापछि विश्वले बग्दादी अझै आईएसमा शक्तीमै रहेको मान्दै आएको छ । जुलाई २० मा न्युर्योक टाइम्सले बग्दादीको हत्या वा उनको चोटको समाचार हल्लामात्रै रहेको जनाएको थियो । अक्टोबर ११ मा इराकी हवाई सेनाले बग्दादी केराब्लामा आईएसको बैठकमा सहभागि हुन जादैँ गर्दा सिरियाको सिमानजिक पश्चिम अन्वर प्रान्तमा उनको समूहमाथि आक्रमण गरिएको जनाएको थियो । तर उक्त समूहमा बग्दादी थिए वा थिएनन् भन्ने अहिलेसम्म स्पष्ट छैन् ।
प्रस्तुती : अन्वेषण अधिकारी (एजेन्सीको सहयोगमा)

News from ratopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/