भक्तपुर, मंसिर २० - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आन्दोलनकारी नेताहरुको भारत भ्रमण नेपालको अहितमा हुने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले केही समयमा अन्य नेताहरु समेत भारत पुग्ने र देशको अहितमा सम्झौता गरिने बताउनु भएको हो ।
‘भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपालको बिषयलाई लिएर जसरी टिप्पणी गरेकी छिन् त्यो उनको कुटनीतिक मर्यादा भन्दा बाहिर गएर आएको अभिव्यक्ति हो’ बिजुक्छेंले भन्नुभयो, ‘कुटनीतिक ज्ञानको अभावसँगै उनको अभिब्यक्ति एक सार्वभौम देशमाथिको ठाडो हस्तक्षेप हो ।’






