Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मिस ईकलेजका लागि २० जना छनोट

मंसिर २८, २०७२- 
मिस ईकलेज प्रतियोगिताको छैठौं संस्करणका लागि आवेदन दिएकाहरु मध्येबाट अडिसन राउन्ड पश्चात् २० जना फाइनल प्रतिस्पर्धाका लागि चयन भएका छन् । 
कलेज अध्ययनरत १६ देखि २५ वर्ष उमेर समूहका छात्राहरुमा केन्द्रित यो प्रतियोगितालाई वुमन पर्सनालिटी एजुकेशन एण्ड ब्युटीको नारा अन्तर्गत गएको पाँच वर्ष देखि आयोजना गरिंदै आएको छ । 
सिजन मिडियाको आयोजनामा संचालन हुने यो प्रतियोगिताका विजेताले मिडिया र मोडलिङमा विभिन्न अवसर पाउनुका साथै स्कुटर पुरस्कार रुपमा प्राप्त गर्नेछिन् भने उच्च शिक्षा अध्ययनका लागि पनि छात्रवृत्ति आफ्ना लागि सुरक्षित गर्ने छिन् ।
अन्तिम प्रतिस्पर्धाका लागि छनौंट भएकाहरुलाई प्रतियोगिताका प्रयोगात्मक र सैद्धान्तिक तयारीका साथै सहभागिको व्यक्तित्वको विभिन्न आयाममा सकरात्मक परिवर्तन ल्याउने प्रशिक्षणलाई प्राथमिकता दिइने आयोजक संस्थाले जनाएको छ । आउँदो माघ महिनाको पहिलो साता प्रतियोगिताको फाइनल स्पर्धा संचालन गरिनेछ । 
News from Saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/