Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

गृहमन्त्री बस्नेतको पद जोगियो, एमाओवादीले दियो कडा चेतावनी

काठमाडौं– भूकम्पपीडितका नाममा आफ्ना आफन्तसहितका व्यक्तिलाई चीन भ्रमणमा विषयमा एमाओवादीले गृहमन्त्री शक्ति बस्नेतलाई यस्तो गल्ती दोहोराए पदमुक्त गर्ने चेतावनी दिएको छ । पार्टी केन्द्रीय समितिको वैठकमा सोमवार भिन्दै एजेन्डामाथि भएको छलफलपछि गृहमन्त्री बस्नेतसँग लिखित आत्मआलोचना गर्न लगाउने र अर्कोपटक गल्ती भए पदमुक्त गर्ने निर्णय गरेको हो ।
वैठकमा अध्यक्ष प्रचण्डले पार्टी रुपान्तरणका लागि गृहमन्त्री बस्नेतमाथि कुनै न कुनै एक्सन लिनु आबश्यक भएको भन्दै दुई वटा विकल्व अगाडि सारेका थिए । प्रचण्डले पहिलो विकल्पमा रुपमा गृहमन्त्रीको राजीनामा र दोस्रो विकल्पमा रुपमा लिखित आत्मआलोचनासहित चेतावनीको दिने प्रस्ताव गरेका थिए ।

वैठकमा छलफलपछि केन्द्रीय समितिले ‘अहिले लिखित आत्मआलोचना गर्न लगाउने र अर्को गल्ती भए पदमुक्त गर्ने निर्णय गरेको हो । यस अघि शनिवारको वैठकमा स्थायी समिति सदस्य गोपाल किरातीले र आइतवारको वैठकमा हेमराज भण्डारीले गृहमन्त्रीमाथि कारवाही गर्न माग गरेका थिए । भण्डारीले नै भिन्दै एजेन्डा बनाएर गृहमन्त्रीले चीन पठाएको सूचिवारे छलफल गर्न माग गरेका थिए । त्यसपछि प्रचण्डले यो विषयमा सोमवार केन्द्रीय समिति वैठकमा छलफल गराएका हुन् ।
वैठकले चीन भ्रमणमा जाने व्यक्तिको सूचि तयार पार्ने आफ्ना स्वकीय सचिवालया कर्मचारी र गृहमन्त्रालयका कर्मचारीमाथि आबश्यक कारवाही गर्न मन्त्री बस्नेतलाई निर्देशन दिएको छ । वैठकमा नेताहरुले भूकम्प प्रभावित जिल्लामा गल्ती भएको भन्दै माफी माग्ने निर्णय गरेका थिए ।
मन्त्री बस्नेतले आफ्नो तर्फबाट गल्ती भएको स्वीकारे । उनले भने, ‘कुनै पनि हिसाले मिल्ने थिएन । गंभीर कमजोरी भयो । पार्टीले निर्णय मान्छु ।’
त्यसबाहेक वैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव गिरिराजमणि पोखरेल र सन्तु दराईले प्रचण्डको प्रतिवेदनमाथि आफ्ना धाराणा राखेका थिए ।
News from ratopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/