मंसिर २२, २०७२- राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन मधेसी मोर्चाबाट अलग्गिएको छ । भदौ ३ गते मोर्चासँग सम्बद्ध भएर मधेस आन्दोलनमा ओर्लिएको गठबन्धन राष्ट्रिय स्वाधीनतामा आँच आउनेगरी मोर्चाले गतिविधि गरेको र मानवीय संकट निम्त्याउने गतिविधिमा सामेल भएको भन्दै बाहिरिने निर्णय गरेको हो ।
मंगलबार बिहान पत्रकार सम्मेलन गरी गठबन्धन अध्यक्ष शमिम मियाँ अन्सारीले यस्तो निर्णय सुनाएका हुन् । अन्सारी तमलोपाका केन्द्रिय सदस्य पनि हुन् । मोर्चाले अघि सारेको ११ बुँदे मागपत्रमा मुस्लिम समुदायका माग नसमेटिएको पनि गठबन्धनको गुनासो छ ।
मधेसी मोर्चा नेताहरुको दिल्ली भ्रमणलाई लिएर गठबन्धनले आपत्ति जनाएको छ । ‘गठबन्धनले तुरुन्तै आन्दोलनको घोषणा गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।
News published in ekantipur.com