Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

नेपाली क्रिकेट सामु पहाडजस्तै चुनौती

मंसिर २२, २०७२- 
नेपाली क्रिकेटले अहिलेसम्म कुनै एउटा खास प्रतियोगितामा राम्रो खेलेको छ भने त्यो हो, यू–१९ विश्वकप । विश्व क्रिकेटमै पनि युथ वल्र्डकपको ठूलो महत्त्व छ, किनभने यही प्रतियोगिताबाटै अहिलेका अधिकांश स्टार खेलाडी उत्पादन भएका हुन् । यसपल्टको युथ वल्र्डकप बंगलादेशमा हुनेछ र समय तोकिएको छ— जनवरी २४ देखि फरबरी १४ । यो प्रतियोगिताको ड्र हालै जारी भएको छ र त्यसले नेपालका लागि पहाडजस्तै ठूलो चुनौती खडा गरेको छ । 


नेपाल चार वर्षको अन्तरालमा युथ वल्र्डकपमा फर्कन लागेको हो । पछिल्लो पटक नेपाल यसमा छनोट भएको छैन । यद्यपि यसपल्टको अन्तिम चरण पनि नेपालका लागि कम ठूलो चुनौती बनेर अगाडि आएको छैन । अझ भनौं युथ वल्र्डकप इतिहासमै नेपालले अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती सामना गर्नेछ । यसको कारण हो, नेपालको समूहमा परेका— न्युजिल्यान्ड, अस्ट्रेलिया र भारत । 
यी तीनै टिम विश्व क्रिकेटमा अहिलेका महाशक्ति हुन् । पछिल्लो वान डे विश्वकपको फाइनलमा अस्ट्ेरलिया र न्युजिल्यान्ड पुगेका थिए । भारतले पनि सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । यी तीनवटै टिमका युवा खेलाडी पनि उत्तिकै बलिया हुने अनुमान सजिलै गर्न सकिन्छ । त्यसैले पनि नेपालका लागि यसपल्टको युथ वल्र्डकप केवल अनुभव बटुल्ने अवसर मात्र हुने डर छ । 
यसअघिका युथ वल्र्डकपमा नेपालले लिग चरणमा दुई टेस्ट खेल्ने टिमको सामना गरेको थियो । यसपल्ट तीनवटै प्रतिद्वन्द्वी टेस्ट खेल्ने हुनेछन् र यो आफैंमा दुर्लभ उदाहरण हो । सन् २०१२ को युथ वल्र्डकप अस्ट्ेरलियामा भएको थियो र त्यतिबेला पनि नेपालले कुनै खेल जित्न सकेको थिएन । यसपल्ट पनि त्यस्तै त हुने होइन ? विश्व खेलकुदको एउटा मान्यता के हो भने प्रत्येक ठूलो चुनौती उत्तिकै ठूलो अवसर बनेर पनि आउँछ । 

यस्तै विश्वासमा छन्, नेपाली टिमका प्रशिक्षक जगत टमाटा । टमाटाले साप्ताहिकसँगको कुराकानीमा भने, ‘यो नेपालका लागि राम्रो अवसर हो । युथ वल्र्डकप यस्तो प्रतियोगिता हो, जसमा नेपालका लागि सधैं चुनौती हुन्छ । पहिले पनि नेपालले टेस्ट खेल्ने दुई टिमसँग प्रतिस्पर्धा गरेको हो, यसपटक तीनवटा परेका मात्र हुन् । 

टमाटा भन्छन्, ‘यसपल्टको प्रतियोगिता बंगलादेशमा हुँदैछ र त्यहाँको स्थिति नेपाल सुहाउँदो छ । हामीसँग स्तरीय स्पिनर छन् ।’ त्यसो त युथ वल्र्डकपमा नेपालले यसअघि टेस्ट टिमलाई हराएको इतिहास पनि छ । त्यसैले पनि प्रशिक्षक टमाटा यसपल्ट पनि टेस्ट टिममाथि त्यस्तै नतिजा निकाल्न सक्ने कुरामा आशावादी छन् । नेपालले जनवरी २८ मा न्युजिल्यान्ड, ३० मा अस्ट्रेलिया तथा फरबरी १ मा भारतसँग खेल्नेछ । 
युथ वल्र्डकपको इतिहास पल्टाउने हो भने सन् २००६ मा श्रीलंकामा भएको प्रतियोगितामा नेपालले न्युजिल्यान्डमाथि जित हात पारेको थियो । नेपाल भारतसँग भने १६ वर्षपछि खेल्न लागेको हो । सन् २००० मा श्रीलंकामा भएको प्रतियोगितामा नेपाल र भारत आमने–सामने भएका थिए । त्यो युथ वल्र्डकपमा नेपालको पहिलो सहभागिता थियो । त्यतिबेला युवराज सिंह, मोहम्मद कैफजस्ता खेलाडी समावेश भएको भारतले नेपाललाई सहजै पराजित 
गरेको थियो । 

अस्ट्रेलियासँग नेपालले सन् २०१२ मा खेलेको थियो । त्यसमा पनि नेपालले खासै चुनौती दिन सकेको थिएन । यद्यपि युथ वल्र्डकपमा नेपालले न्युजिल्यान्ड मात्र होइन, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका तथा जिम्बावेलाई समेत पराजित गरेको इतिहास छ । प्रतियोगितालाई लिएर प्रशिक्षक टमाटाको निचोड छ, ‘हामीले आफ्नो क्षमता के हो त्यहीअनुरूप खेल्नुपर्छ । यसपल्ट हामीले विगतको भन्दा अझ राम्रो खेल्नुपर्छ ।’
Originally published in saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/