Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

पेरिस आक्रमणको योजना बेल्जियममा बनाइएको खुलासा

फोटो :एपी
ब्रसेल्स: फ्रान्सको राजधानी पेरिसमा गत शुक्रबार राति भएको आतङ्कवादी हमलाको योजना बेल्जियममा बसेर गराइएको रहस्य खुलेको जनाइएको छ । 
 
बेल्जियमका सञ्चारमाध्यमहरुले फ्रान्सका गृहमन्त्रीलाई उद्धृतगर्दै दिएको समाचारअनुसार सो हमलाको योजना निर्माणको केही काम बेल्जियममा बसेर गरिएको खुलेको छ । 
 
फ्रान्सका गृहमन्त्री बर्नाड क्याजेनोभले दिएको समाचारअनुसार आइतबार रातिसम्ममा प्रहरीले बेल्जियमबाट यसका थप प्रमाणहरु भेटेको छ र त्यसका आधारमा यी तथ्यहरु खुलेका छन् । बेल्जियमको मेलान्बिक जिल्लामा सो योजना बनाइएको र त्यस जिल्लामा प्राप्त पछिल्लो तथ्याङ्कबाट आक्रमणकारीमध्येका दुई जना त्यहाँ बस्ने गरेका खुलेको हो । 
सो आक्रमणमा संलग्न आठजना मध्ये दुई जना फ्रान्सकै नागरिक रहेका र ती दुई जना विगत लामो समयदेखि नै सो जिल्लामा बस्दै आएका पाइएको प्रहरी अनुसन्धानको पछिल्लो प्रतिवेदनमा देखिएको छ । 
 
फ्रान्सको प्रहरीले एकजना २६ वर्षीय अब्देसलाम सलाहको खोजीलाई व्यापक बनाएको छ । सो व्यक्ति निकै खतरनाक रहेको प्रहरीले जनाएको छ ।  सो व्यक्ति बेल्जियममा जन्मेको थियो । यस आक्रमणमा मुख्य हात उसैको रहेको भन्दै प्रहरीले उसको पक्राउका लागि प्रयास थालेको बताएको छ ।
 
शनिबार बिहानदेखि प्रहरीले कम्तीमा पनि सातजना बेल्जियमका नागरिकलाई पक्राउ गरेको छ । ती मध्ये एकजना तिनै सलाहका दाजु समेत रहेका बताएको छ । 
 
यसअघि शनिबारै फ्रान्सका राष्ट्रपति फासाँ अल्याण्डले पनि उक्त हमलामा विदेशी नागरिककै हात रहेका बताउनुभएको थियो । तर पछि गरिएका अनुसन्धानमा यसमा फ्रान्सेली पनि संलग्न भएका देखिएको छ । 
 
आक्रमणमा आइएसकै हात रहेको प्रमाणित 
 
यसैबीच पेरिसमा भएको सो हमलामा मुस्लिम अतिवादी समूह आइएसकै सम्लग्नता प्रमाणित भएको छ । फ्रान्सले गरेको अनुमानसरह नै अमेरिकाले पनि सोही तथ्य बाहिर ल्याएको हो । 
 
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शनिबार जनाएअनुसार सो सूचनामा कुनै विरोधाभास नदेखिएको बताइएको थियो । पछि सोही सूचना प्रमाणित भएको उक्त कार्यालयले जनाएको छ । 
 
अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदले गरेको एक स्वतन्त्र अनुसन्धानबाट यो अवस्था देखिएको बताइएको हो । अनुगमनबाट उक्त आईएस समूहले नै आक्रमण गरेको हुनसक्ने प्रमाणहरु भेटिएका हुन् । 
 
शुक्रबारको सो आक्रमणमा उक्त अतिवादी समूहको हात रहेको जानकारी फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले नै सार्वजनिक गर्नुभएको हो । शुक्रबार भएका शृंखलाबद्ध यी आतङ्ककारी हमलाहरुमा परी कम्तीमा पनि १३२ जनाको ज्यान गइसकेको छ भने अरु ३४९ जना घाइते भएका छन् ।
 
विदेशी भूमिबाट आएका आठजना आतङ्ककारी सो आक्रमणमा प्रत्यक्ष संलग्न देखिएको फ्रान्सेली सुरक्षा निकायले निष्कर्ष निकालेको बताइएको छ । फ्रान्सेली सुरक्षा निकायले इस्लामिक लडाकूको संलग्नताका प्रमाणहरु भेटेको जनाएको छ । फ्रान्सेली सुरक्षा निकायले आक्रमणमा संलग्न छ जना मारिएको पनि जनाएको छ । 
 
आक्रमणमा संलग्न एकजनाको साथबाट सिरियाली पासपोर्ट भेटिएको र सोही प्रमाणका आधारमा पनि धेरै कुराको खोजी गरिएको जनाइएको हो । तर सुरक्षाका हिसाबले उसको पहिचान भने खुलाइएको छैन ।

Ą
https://www.flickr.com/photos/spklg/15211044551/