फोटो :एपी
ब्रसेल्स: फ्रान्सको राजधानी पेरिसमा गत शुक्रबार राति भएको आतङ्कवादी हमलाको योजना बेल्जियममा बसेर गराइएको रहस्य खुलेको जनाइएको छ ।
बेल्जियमका सञ्चारमाध्यमहरुले फ्रान्सका गृहमन्त्रीलाई उद्धृतगर्दै दिएको समाचारअनुसार सो हमलाको योजना निर्माणको केही काम बेल्जियममा बसेर गरिएको खुलेको छ ।
फ्रान्सका गृहमन्त्री बर्नाड क्याजेनोभले दिएको समाचारअनुसार आइतबार रातिसम्ममा प्रहरीले बेल्जियमबाट यसका थप प्रमाणहरु भेटेको छ र त्यसका आधारमा यी तथ्यहरु खुलेका छन् ।






