Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सिरहाको दुई पेट्रोल पम्प सिल

सिरहा–स्थानीय उपभोतक्तालाई थोरै बितरण गरेर पेट्रोल कालोबजारी गर्ने सिरहाका दुई पेट्रोल पम्पलाई प्रसाशनले सिल गरेको छ। लहानको मुरारका आयल ट्रेड र धनगडीस्थित गुप्ता आयल स्टोरलाई आइतबार साँझ सिल गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
Image: Kantipur
पेट्रोल कालोबजारी गर्ने लहानको मुरारका आयल ट्रेडका संचालक रामवली महतो(५५) र धनगडीस्थित गुप्ता आयल स्टोरका म्यानेजर दिलिप गुप्तालाई प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको डिएसपी चतुर्वेदीले जनाए।
गुप्तालाई २ हजार लिटर पेट्रोल गाडीमा राखेर महँगो मुल्यमा काठमाडौं पठाइरहेको अवस्थामा लहानबाट खटिएकोे प्रहरी टोलीले पक्राउ गरेको लहान प्रहरीले जनाएको छ । गुप्ता आयल स्टोरबाट २५० लिटरको ड्रममा काठमाडौं पठाउन लागेको पेट्रोलसहित दिलिपलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। फरार यो स्टोरका संचालक रामबावु गुप्ताको खोजी भैरहेको लहान प्रहरीले जनाएको छ। 
महतोलाई निर्धारित मुल्य भन्दा बढी रकम लिई पेट्रोल कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। स्थानीय उपभोतmालाई बिक्री गर्न ल्याएको पेट्रोल डिजेल आयल निगमको निर्धारित मुल्य भन्दा बढ रकम लिई कालोबजारी गरेको पाइपछि दुबैलाई पक्राउ गरी कालोबजारी ऐन अन्तर्गत आइतबार जिल्ला प्रसाशनबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको चतुर्वेदीले बताए।

Ą
https://www.flickr.com/photos/spklg/15211044551/