Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

बेलायती प्रधानमन्त्री क्यामरुनको नेपाल भ्रमण गर्ने इच्छा

लन्डन–बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले नेपाल भ्रमण गर्ने इच्छा दोर्याएका छन्। प्रधानमन्त्री क्यामरुनले आइतबार लन्डनमा आयोजित नेश्नल सर्भिस अफ रिबेम्बरेन्स् कार्यक्रम पछि आयोजित रिसेप्सनमा उपस्थित बेलायतका लागि कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीसँगको भेटमा यस्तो इच्छा दोर्याएका हुन्।



नेपाली दूतावास लन्डन स्रोतका अनुसार बेलायत सरकारद्वारा आयोजना गरिएको विशेष कार्यक्रममा विदेशी कूटनीतिक नियोगका प्रमुखहरुको भेटघाटको क्रममा बेलायती प्रधानमन्त्री क्यामरुनले क्षेत्रीलाई समेत भेटेका थिए। क्यामरुनले नेपाल बेलायत दैत्य सम्बन्धको दुई शताब्दी पूरा गरेको स्मरण गर्दै नेपाल भ्रमणको लागि आफ्नी श्रीमतीले बेलाबेलामा ध्यानाकर्षण गराउने गरेको बताउँदै उपयुक्त समय मिलाएर नेपालको भ्रमण गर्ने बचन दिएका थिए।

कार्यवाहक राजदूत क्षेत्रीले बेलायती प्रधानमन्त्रीको भेटमा आफूले नेपालको शान्ति प्रक्रिया टुंग्एिर नयाँ संविधान जारी भएको बिषय प्रथामिकतामा राखेर कुराकानी गरेको जानकारी दिए। राजदूत क्षेत्रीका अनुसार प्रधानमन्त्री क्यामरुनले नेपालमा गत बैशाखमा गएको भूकम्पपछिको आवस्था र पुनर्निर्माणमा भएको प्रगतिबारे चासो राखेका थिए। क्यामरुनले नेपालको पछिल्लो राजनीतिक गतिविधिका बारेमा पूर्ण रुपमा जानाकार रहेको बताउदैं नयाँ संविधान जारी भएकोमा प्रशन्नता प्रकट गर्दै नेपाली जनता प्रति बधाई दिएका थिए।

गत वर्ष लन्डनस्थित नेपाली दूतावासको अनुरोधमा बेलायती संसदको अल पार्टी पालिर्यामेन्ट्री गु्रपले प्रधानमन्त्री क्यामरुनलाई नेपाल बेलायत दैत्य सम्बन्धको दुई शताब्दी पुरा गरेका अवसरमा नेपाल भ्रमणको उपयुक्त अवसर भएको भन्दै भ्रमणका लागि सिफारिस गरेको थियो। सन् २०१६ को मार्च ४ मा नेपाल–बेलायत दैत्य सम्बन्धको दुई शताब्दी पूरा हुँदैछ। जवाफमा प्रधानमन्त्री क्यामरुनले आफ्नो व्यस्त कार्य तालिका भएकाले नेपाल भ्रमण गर्न नसकेको उल्लेख गरेका थिए। उनले सो संसदीय समितिलाई समय निकालेर भ्रमण गर्ने प्रतिउत्तर दिएका थिए।

प्रधानमन्त्री क्यामरुनले पटक–पटक नेपाल भ्रमण गर्ने इच्छा दो¥याएता पनि नेपालको राजनीतिक अस्थिरतका कारणले सरकारको तर्फबाट प्रभावकारी कूटनीतिक पहल हुन नसक्दा भ्रमण प्रक्रिया अघि बढ्न नसकेको जानकारहरु बताउँछन् । विगत दुई सय वर्षमा बेलायती महारानीबाट नेपालको दुई पटक भ्रमण भइसकेको छ भने प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमण गर्ने पहिलो नेपाली सरकार प्रमुख हुन्।

As Published on: Nagarik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/