सिरहा–स्थानीय उपभोतक्तालाई थोरै बितरण गरेर पेट्रोल कालोबजारी गर्ने सिरहाका दुई पेट्रोल पम्पलाई प्रसाशनले सिल गरेको छ। लहानको मुरारका आयल ट्रेड र धनगडीस्थित गुप्ता आयल स्टोरलाई आइतबार साँझ सिल गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
Image: Kantipur
पेट्रोल कालोबजारी गर्ने लहानको मुरारका आयल ट्रेडका संचालक रामवली महतो(५५) र धनगडीस्थित गुप्ता आयल स्टोरका म्यानेजर दिलिप गुप्तालाई प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको डिएसपी चतुर्वेदीले जनाए।





