कार्तिक २५, २०७२-
- रंगोली शुभकार्यको प्रतीक मानिन्छ । यसले घरको सजावटमा पनि भूमिका खेल्छ ।
- घरमा उपलब्ध स्थानका आधारमा रंगोलीको डिजाइन गर्न सकिन्छ ।
- रंगोलीका लागि विभिन्न किसिमको रंग, फूल, दियो आदि प्रयोग गरिन्छ ।
- रातो, पहेंलो, हरियो आदि छुट्टाछुट्टै रंगको चामलसँग मिश्रण गरी आफूले चाहेको डिजाइन तयार गर्न सकिन्छ । आटाको पीठोमा पनि रंग मिश्रण गर्न सकिन्छ ।
- सुरुमा चक वा पीठोले स्वस्तिक चिन्ह, गणेश, शंख आदिको आकृति वनाएर त्यसमाथि उपयुक्त रंग भर्दै जानुपर्छ ।
- मध्य भाग र चारैतर्फको किनारमा दियो राखेर रंगोलीलाई थप आकर्षक बनाउन सकिन्छ ।
From Saptahik