Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

उहाँको यौनइच्छा घट्दै गएको छ

कार्तिक २५, २०७२- म ३३ वर्षकी भएँ । मेरो विवाह भएको ६ वर्ष भैसकेको छ । विवाहपछि दुई वर्षसम्म यौनसम्बन्ध निकै राम्रो थियो । छोरा जन्मिएको एक वर्षपछि उहाँको यौनइच्छा घट्दै गएको छ । सुरुमा यौनसम्बन्ध राख्न खोज्नुहुन्छ तर सुरु भएको केही समयपछि आफैं रोक्नुहुन्छ । सुरु–सुरुमा मलाई आश्चार्य लाग्थ्यो र आफैंलाई दोषी मान्थें अनि उहाँको मप्रतिको माया घटेको हो कि भनेर शंका गर्थे, तर पछि उहाँले नै यो समस्या उहाँले पनि महसुस गरेको कुरा बताउनुभयो । हुनत मलाई थाहा छ, उहाँ मलाई माया गर्नुहुन्छ तर पनि मनमा शंका भैरहन्छ । यो मेरो समस्या हो कि मेरो श्रीमान्को ? 
सा.

तपाईंले आफ्नो समस्या र सोच खुलस्त रूपमा राख्नुभएको छ, त्यसका लागि धन्यवाद । अब तपाईंको जिज्ञासातर्फ लागौं । तपार्इं आफ्नो श्रीमानले आफूलाई माया गर्नु हुन्छ कि गर्नु हुन्न भन्ने शंकामा हुनुहुन्छ र यस्तो कुरा तपाईं अधिकांश समय महसुस गर्नुहुन्छ भने यसलाई रिलेसन अबसेसिस कम्पल्सिभ डिसअर्डर (आर.ओ.सी.डी) भनिन्छ । जर्नल अफ सेक्सुयल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार (आर.ओ.सी.डी) कुनै एक पार्टनरमा छ भने यसको सीधै असर यौन तथा वैवाहिक सम्बन्धमा पर्छ । तपार्इंले उल्लेख गरेको समस्या हेर्दा तपाईहरू दुवैले यो समस्या कहाँबाट उत्पन्न भैरहेको छ भन्ने कुरा पत्ता लगाउनु आवश्यक छ । 

तपार्इंले उल्लेख गरेजस्तो सबै पुरुषमा समस्या हुँदैन । कोही एउटै पार्टनरसँग वर्षौंवर्षसम्म उत्तिकै र उस्तै खालको यौनचाहना भएको बताउँछन् र उनीहरूलाई एउटै पार्टनरसँग यौनसम्पर्क गर्दा मात्र धेरै आनन्द आउने बताउँछन् । मानव यौनिकतामा धेरै विविधता छन् र हरेक व्यक्तिको यौनचाहना फरक हुन्छ । यस्तै प्रकारको समस्याका बारेमा अनुसन्धानकर्ता विल्सनले १९८१ मा पुरुषहरूबीच अनुसन्धान गरे । पुरुषमा नयाँ पार्टनरसँग यौनसम्पर्कबाट जति उत्तेजना आउँछ त्यति उत्तेजना एउटै पार्टरसँगको यौनसम्पर्कमा नआएको पाइयो । महिलामा पनि अनुसन्धान गरियो तर महिलामा त्यस्तो समस्या निकै कम देखियो ।

अब एकैछिन् तपाईंहरू आफैंले समस्या समाधान गर्न सक्ने केही विधिका बारेमा चर्चा गरौं । तपाईंहरू दुवैले यौनजीवनमा यौनसम्पर्कका नयाँ विधिहरूको छलफल गर्न र प्रयोग गर्न सक्नुहुन्छ । वास्तवमा धेरै जोडी जो एक–अर्कासँग लामो समयसम्म यौनसम्पर्कमा सन्तुष्टि भएको बताउँछन्, उनीहरूमा नयाँ र उत्साहित यौन क्रियाकलापमा सम्लग्न भैरहने अनुन्धानहरूले देखाएका छन् । जीवनमा उत्साह र उत्तेजना महसुस गर्न यौन विविधता र नयाँपनको आवश्यकता हुन सक्छ । नयाँ अनुभवको साटासाटले नयाँ अनुभव गराउँछ । सम्बन्धमा आएको यस्तो नयाँपनले मस्तिस्कमा आनन्द दिने रसायन पैदा हुन्छ र यौन इच्छामा आकर्षण थपिन्छ । 

तपाईंले आफ्नो श्रीमानसँग धेरै केटीसँगको सम्पर्कले शारीरिक र समाजिक जीवनमा असर पर्न सक्ने कुरा तथा यौनरोगहरूको संक्रमण हुने खतराका बारेमा छलफल गर्नु जरुरी हुन्छ, जसले गर्दा पछि आउन सक्ने पश्चात्तापको भावना लाई रोक्छ । 

तपाईंको श्रीमान्को यौनचाहनाको तीव्रता बारम्बार आएको पनि हुन सक्छ । यस्तो व्यवहार असामान्य होइन । सर्वप्रथम त उहाँमा कुनै समस्या छ कि छैन भन्ने कुरा बुझ्नुपर्ने हुन्छ  । तपार्इं र तपार्इंको श्रीमान्ले एक–अर्कासँग कसरी समय बिताउने र तपाईंको यौनइच्छा कसरी पूरा गर्ने भन्ने विषयमा छलफल गरी निर्णय लिनु आवश्यक हुन्छ । 

यदि माथि उल्लेखित विधिहरूले पनि काम गरेन भने तपाईंको श्रीमान्ले पनि उहाँको समस्याका बारेमा आफंैले कसरी र कुन विज्ञलाई भेट्ने हो, निर्णय लिन आवश्यक हुन्छ र तपार्इंले पनि आफ्नो केही समस्या हो भने समयमै पहिचान गरी सुल्झाउनतर्फ लाग्नुपर्छ ।

प्रकाशित: कार्तिक २५, २०७२


As published on Saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/