आश्विन १९, २०७२- भदौ २३ देखि सुरु हुने स्नातकोत्तर अन्तिम वर्षको परीक्षाका लागि राजधानीसम्म कसरी पुग्ने चिन्ताले गाँजिसकेको थियो । विराटनगरमा प्रस्तावित संविधानविरुद्ध आन्दोलन चर्किंदै गईरहेकोले कुन बेला र के हुने टुंगो नरहेकोले मेरो मनोदशा अस्थिर थियो । यहाँदेखि कुनै पनि रात्री वा दिवाकालीन बस नचलेकोले विमान चढ्नै पर्ने बाध्यता थियो । जीवन भरीको कमाईको मुख्य भाग खर्चेर उमेरले ४० कटेपछि आम सञ्चार तथा पत्रकारिता विषय पढ्ने धोको राखेको हुनाले जाँच नदिई सुख्खै थिएन ।
केही निकट मित्रले गीता पढ्ने उमेरमा ‘पत्रकारिता किन पढ्नु पर्यो त ?’ भनेर कटाक्ष पनि गरिरहे । तर, दुई वर्षदेखि गीता र पत्रकारिताको अध्ययनसँगै गरिएको हुनाले यस्तो कठिन घडीमा पनि आत्मबल कायमै थियो । अन्तत: सहकर्मीहरुको सहयोगले सरकारी विमान सेवाको सबभन्दा सस्तो टिकट पाउन साता दिन अगाडीदेखि कसरत गर्न थालियो । धेरैले उड्नै टुंगो नभएका सरकारी हवाइजहाजको टिकट नकाट्न सुझाव दिए । निजिक्षेत्रबाट सञ्चालित विमान सेवाको महंगो टिकट खरिद गर्ने आँट आइरहेको थिएन ।
तुलनात्मक रुपमा सस्तो भनिएको नेपाल एयरलायन्सको टिकट बुकिंग गर्न पनि मलाई हम्मे परिरहेको थियो । आफन्तबाट ऋण काढेरे विमान चढ्न गइरहेको थिएँ ।
लामो प्रतिक्षापछि बडो मुश्किलले काठमाडौं जानलाई १९ भदौंको टिकट पाइयो । विहान ९ बजेको उडान थियो । विमानस्थलसम्म कसरी पुगिएला ? भन्ने चिन्ताले रात अनिँदो बित्यो । पेसाले स्वास्थ्यकर्मी भाइसँग गुडाउनसम्म मिल्ने खालको स्कुटी रहेछ । भाईले बिहान ७ बजेतिर हो भन्ने मात्रै पुर्याइदिन सक्छु, दिउसो त निजि सवारी साधनमा समेत लाठा हानिरहेको सुनायो ।
मनमनै ‘हरे कृष्ण, हरे कृष्ण’ भन्दै स्कुटीको पछिल्तिर झोला च्यापेर बसियो । यतिखेर ईश्वरलाई सम्झिने कारण चाहिँ दुइटा थिए, एउटा भाइको स्कुटर जतिखेर र जहाँ पनि बन्द हुने खाल्को छ । अर्को, आन्दोलनकारीले कुरै नसुनी र नबुझीबीच बाटोबाटै फर्काइदिएमा के गर्ने ? जेहोस्, कुनाकुनाको बाटो हुँदै विहान साढे सात बजे विराटनगर विमानस्थल पुगियो ।
झन्डै साढे तीन घण्टाको प्रतिक्षापछि ११ बजे हाम्रो विमान पनि उड्ने घोषणा भयो । भित्र लगेर बसाएपछि त खुशीले गदगद भएँ । बडो मुश्किलले १०/१२ जना अट्ने सानो र चिटिक्क परेको जहाज ठ्याक्कै १ घण्टापछि काठमाडौं विमानस्थल ओर्लन लाग्ने क्रममा तलतिर हेर्दा यहाँको सडकहरुमा मनग्यै गाडीहरु कुदिरहेको देखिए । विमानबाट ओर्लेर बाहिर आएपछि प्रस्थान र आगमन कक्ष बाहिरको मार्गमा सदाझैं लहरै ट्याक्सीहरु थिए ।
उस्तै चहल पहल थियो । विमानस्थल बाहिर आउँदा सडकहरुमा आवागमन सामान्य थियो । बजार मजाले खुलेको थियो । म एकै दिन एकै भूगोलभित्र दुई परिवेश देखिरहेको थिएँ– अशान्त विराटनगर र शान्त काठमाडौं । ट्याक्सीभित्रै परिचय आदान प्रदानको क्रममा चालकले मलाई सोधे, ‘सर, उता त बेहाल छ नि, कसरी हल निस्केला ?’
‘कुनै निश्चित भेषभुषा, भाषा, लवज र रंगमा नअल्झि एक अर्कालाई नेपाली मानी सरकार विश्वासपूर्वक अघि बढेमा केही घण्टामा समस्या समाधान हुन्छ,’ मैंले भनें, ‘छरछिमेकतिर संकेत गर्दै आफ्नै मधेसवासी जनतामाथि शंका गरिरहेमा वर्षौंसम्म यसरी नै मुलुक अस्थिर भइराख्छ ।’
साँझ पख नयाँबानेश्वर चोक पुग्दा बजार, व्यवसाय र आम जनजीवन सहज ढंगले अगाडी बढिरहेको पाएँ । सबैजना व्यस्त देखिए । तराईकै एक मुख्य केन्द्र विराटनगर र मुलुकको राजधानी काठमाडौंबीचको अन्तर केलाइरहेको थिएँ । एक छिन त मलाई पनि लाग्यो की राजधानीकालाई मधेसको पीडासँग मतलब नै रहेनछ । तर, मेरो बुझाई गलत रहेछ । स्थानीयसँग गफ गर्दै जाँदा उनीहरुको चिन्ता प्रष्टै झल्क्यिो । बन्द लम्बिएमा मधेससँग देश पनि ठप्प हुने उनीहरुले भनिरहेका थिए ।
बाहिरबाट हेर्दा यहाँ सबथोक अगाडि बढिरहेको देखिए पनि अधिकांशलाई मधेसमा भइरहेको प्रदर्शन, कलह र हिंसाबारे चासो थियो । परापूर्वकालदेखि नेपाल भूमिसँग जोडिएका यी वास्तविक नेपालीहरुले मधेस विद्रोहको बेला पनि यस्तै चिन्ता प्रकट गरेका थिए । निहित स्वार्थकालागि भारतकै दार्जिलिंग, सिक्किम, असम, मेघालय, मणिपुर र बिहारबाट आएर भर्खरै नेपाली बनेकाको मैले यहाँ कुरा गरिरहेको छैन । न त भुट्टान र म्यानमारबाट भागेर आई राजनीतीक दल खोली मुलुक हाँक्ने दम्भ बोकेका दोहोरो चरित्रका नेताहरुको कुरा गरिरहेको छु । म नेपाली हुँ, यहाँ मात्र नेपालीको कुरा गरिरहेको छु ।
हिजोअस्ति मात्र व्यापार र रोजगारको क्रममा तराई प्रवेश गरेकाहरुले आन्दोलन चर्काएका हुन की भन्ने केहीले राजधानीमा शंका व्यक्त गरे । सीमा जोडिएका कारणले यता, उता र जता विरोध प्रदर्शन भएपनि यस्तो शंका, उपशंका र भ्रम उत्पन्न हुनु वा गराउनु नौलो होइन । ‘यो स्वाभिमानी र देशभक्त मधेसी जनताको आन्दोलन हो, मधेसी दल निमित्त मात्र बनेका हुन्, यसमा भारतीय वा अन्य कुनै विदेशीको संलग्नता देखेको छैन,’ मैले स्थलगत अनुभव सुनाउँदा उनीहरु थोरै भए पनि काठमाडौंको संकीर्ण सोचबाट बाहिरिए । साँच्चिकै भन्दा तराई, पहाड, हिमाल वा उपत्यका जहाँ सुकैका होस्, नेपाली जनता यति कमजोर भइसकेका छैनन् कि आफ्नो भूमिमा भारतीय वा बिहारीले आन्दोलन गरेर बस्दा चुप लागेर बसुन् ।
राष्ट्रलाई सिमित पहिरन, रंग र अनुहारको दायरामा मात्र हेर्ने थोरै उग्रराष्ट्रवादीबाहेक धेरैले देश भनेर काठमाडौंलाई मात्र बुझिरहेका छैनन् । ‘उत्तरदक्षिणतिर औंला नठड्याई र कुनैखाले सतही आरोप प्रत्यारोप नगरी सरकारले आस्था एवं निष्ठाका साथ मधेसी दाजुभाइको स्वर सुन्नुपर्छ, वर्षौदेखि मधेसीहरु अपहेलित, उपेक्षित, पीडीत र शोषित भएको लुकेको छैन,’ सुविधानगर तीनकुनेका व्यवसायी लिला दाहालले भने, ‘मधेसीसँग विभेद नगर्ने कमै होलान् ।’
हिमाल, पहाड र उपत्यकामा बस्ने हरेकले मधेसीलाई आफूजस्तै खाँटी नेपाली भनेर हेर्ने दृष्टिकोणको विकास गर्नुपर्ने उनीसँगै बसेका अर्का पहाडी मित्रको सुझाव थियो । देश र मधेसबीचको फरकको गन्थनमन्थनलाई त्यही थाँति राखेर म परीक्षाको तयारीमा लागे । काठमाडौंमा संविधान निर्माणको तयारी र मधेसमा संघर्ष जारी थियो । मन पनि अध्ययनभन्दा देश र मधेसकै मुद्दामा अल्झिरहेको थियो ।
भदौको चौथो सातातिर विराटनगरबाट ९ कक्षामा पढ्ने छोरा रिदमको फोन आयो, ‘बाबा, भोलि बिहान ६ बजेदेखि स्कुल पोसाक नलगाइ विद्यालय लग्ने भयो, एक दुई दिन अंकलहरुले मोटरसाइकल–स्कुटीमा पुर्याई दिनुहुन्छ, त्यसपछि म साइकलमै जान्छु ।’ झन्डै एक महिनासम्म पठनपाठन ठप्प भएकाले बाबुको विद्यालय खुलेकोमा एकातिर म खुशी थिएँ भने अर्कोतिर चिन्ता पनि थियो ।
काठमाडौंमै बढे र हुर्केको छोरा विराटनगर गएको तीन महिना पनि भएको छैन । विराटनगरको वातावरणमा बिल्कुल नयाँ भएको हुनाले बन्द र प्रदर्शनबीच मधुमारास्थित कोठादेखि जनपथटोलस्थित विद्यालयसम्म साइकलमा उनले कसरी ओहोरदोहार गर्लान् भनी चिन्ता लाग्यो ।
यता काठमाडौंमा भने सामान्य ढंगले शिक्षण संस्था लागिरहेका थिए । स्कूल बस र भ्यान ओहोरदोहोर गरिरहेका थिए । बच्चाबच्ची मजाले विद्यालय गइरहेका थिए । म काठमाडौं र तराईका बालबालिकाको दैनिकीमा ठूलो भेद महसुस गरिरहेको थिएँ ।
यो सबबीच मेरो जाँच र संविधान निर्माण प्रक्रिया अघि बढिरहेको थियो । संविधान पारित भएको खुशियालीमा राजधानीमा मैनबती बालिँदै थियो । उता मधेसबाट दिनहुँजस्तो गोली चलेको र हताहती भएको खबरहरु आइरहेका थिए । संविधान घोषणा भएको दिन ३ असोजमा संविधानसभा स्थल भएको बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आकाशमा आतिशबाजी भइरहेको थियो ।
छतबाट एकैछिन त्यो दिपावली उत्सवलाई नियालेपछि खुशी र रमाईलो मान्नुको साटो मेरो मन रोयो । तीन प्रमुख दलसँग आवद्ध जनता र मधेसलाई जहिल्यै पनि संर्किण सोचले हेर्नेहरु त्यसमा बढी रमाएको मैले देखें । त्यो दिन पनि मधेसमा गोली चलेको थियो । मासिन हताहत भएका थिए । जाँच जारी रहे पनि अव्यक्त पीडाले पढ्न नसकेर म सुतें ।
‘मधेसको हिंसा साम्य नहुँदै किन संविधान घोषणा गरेका होलान् ? सात वर्ष त कुर्यो, थप केही दिन लगाएर मधेसको भावना समेटिनु पथ्र्यो, त्यसो गरे दिपावलीको पनि मान रहन्थ्यो,’ भेटिएका तीनै परिचित लिला दाइले भने, ‘मधेसलाई अलग राखेर सोचेर पनि समस्याको हल निस्किन्छ र ?’ असोज ५ मा जाँच सकिएपछि विराटनगर फर्किने तयारी गरिरहेको बेला तराईका नाकाहरुमा प्रदर्शनकारीले धर्ना दिएको खबर आयो । आफ्नो सीमाको सुरक्षाका लागि भन्दै भारतले अति आवश्यक सामग्री बोकेको वाहनको आवातजावातमा रोक लगायो । भारतले मधेस आन्दोलनको समर्थन गरेको हो ? निर्वाचन आउँन लागेका कारणले वा आफ्नो सीमा भित्रका जनताको रक्षा गरेको हो ? वा कुटनीतिक चाल चलेको हो ? यो नौटंकी बारे उसैले जानोस् ।
इन्धन अभाव भएर राजधानीमा १० असोजमा सार्वजनिक सवारीको आवागमनमा जोरबेजोर प्रणाली लागू भयो । इन्धन वितरणमा कोटा निर्धारण भयो । ग्याँस अभाव भएर पसलहरुमा मम र खाजा पाउँन छाड्यो । यस्तो महंगी र अभावमा कतिञ्जेल मित्रको घरमा पाहुना बसिराख्ने भन्दै ११ असोजमा म विराटनगर फर्कें । लम्बिएको आन्दोलनसँगै यहाँको जनजीवन पनि अभावको सामना गरिरहेको थियो । बन्दले उसै पनि पहिलादेखि अभावमा जीवन गुजारिरहेका मधेसकै जनतालाई पनि भारतको अघोषित नाकाबन्दीले झनै मारमा पार्यो ।
यहाँबाट धेरै टाढा रहेको काठमाडौंको त के कुरा ? यहाँका जनता पनि सहज ढंगले इन्धन र दैनिक उपभोग्य सामग्री नपाएर छट्पटिरहेको पाएँ । मधेसकै विभिन्न जिल्लाबाट विराटनगर पढ्न र जाँच दिन आएकाहरु ग्याँस सकेर घर फर्किरहेको भेटिए । झन्डै डेढ महिनाको मधेस आन्दोलनपछि देश र काठमाडौं एउटै कित्तामा उभेको थियो ।
इन्धन अभावको यो स्थिति आउनुमा भारतको हात भएको तर्किदै राष्ट्रवादीहरु खनिए । विरोधको उही पुरानो परम्परालाई पछ्याउँदै केहीले हिन्दी च्यानललाई बन्द गरिए । मोदीको पुतला जलाइए । भारतको विकल्पमा चीन, बंगलादेश र पाकिस्तानसँग सहयोग लिने भन्दै र्याली निकालिए । कतै मधेसमाथि सांस्कृतिक विभेद भयो भन्दै नेपाली भाषाका च्यानलहरु बन्द गराइए । यो भावनात्मक वाद, कथित राष्ट्रवाद वा यथार्थवाद वा आदि इत्यादी के थियो ? मैंले अझैं बुझ्न सकिनँ । हिन्दी च्यानलहरु नदेखाएकोमा सरकारले केवललाई स्पष्टिकरण नै सोध्यो । सम्वभवत: हरेक बेला साथ चाहिरहने छिमेकी भारतसँग ऊ अझ बढी सम्बन्ध खराब गर्न चाहिरहेको थिएन । भारतको विरोध गरेर नेपालको समस्या समाधान पनि हुन्न ।
तराईवासी नेपाली भएको हैसियतले मलाई के थाहा छ भने आफनोतर्फ कुनै अतिआवश्यक उपभोग्य सामग्रीको अभाव हुँदा, महंगी बढ्दा र कुनै खाले असुरक्षा महसुस हुँदा भारतले पारीकालाई पेलि नै रहेको हुन्छ । बेलाबखत उसले त्यसै पनि वारीपारी गर्ने नेपाली जनतालाई दु:ख दिइ नै रहेको हुन्छ । मधेस आन्दोलनको बेला उसको त्यो व्यवहार छताछुल्ल भएको हो । उसको त्यो व्यवहारबाट हिमाल, पहाड र उपत्यकावासी मात्र नभएर मधेसबासी पनि उतिकै पीडीत छन् ।
व्यापार र रोजगारको क्रममा ठूलो संख्यामा नेपाल भूमिभर बसेका भारतकै जनता पनि नाकाबन्दीबाट प्रभावित भएर सडकमा आए । उसको यो व्यवहारले कहिल्यै पनि मधेसी जनता वा मधेसको मागको प्रतिनिधित्व गरिरहेको दललाई सहयोग पुग्दैन । वर्षौंदेखि तराई भूमिमा बसेका जनताको पहिचान नेपाली हुनुमा छ, न कि भारतीय वा बिहारी भनेर चिनिनुमा छ । यो मुख्य दलका नेता, उसका समर्थक र कार्यकर्ताले मनन गर्नु जरुरी छ । भारतले मधेसी जनतालाई मात्र सहयोग गरिरहेको छ भन्ने संकीर्ण मानसिकता भएका नेता र कार्यकर्ताहरुले साँच्चिकै भन्दा राष्ट्रियता र राष्ट्र प्रेम के हो ? भन्ने नै बुझेका छैनन् ।
भारत जहिल्यै पनि कमजोर छिमेकीको हितभन्दा आफनो स्वार्थ पूरा गर्न मात्र इमान्दार बन्न खोज्छ । उसको अन्य मुलुकसँगको सम्बन्धलाई अध्ययन गरे पुग्छ । आम जनता होस् वा नेता, मधेसी र पहाडीले त्यो बुझि राख्नु पर्छ । कुनै विदेशीको सहभागितामा कुनै पनि मुलुक वा क्षेत्रको आन्दोलन सफल हुनसक्दैन भन्ने मनन गर्नैपर्छ । थारुको आन्दोलनलाई जायज ठहर्याउनेले मधेसीको प्रदर्शनमा कुनै तुक नदेख्नु भनेको दोहोरो चरित्रको प्रदर्शनबाहेक केही होइन ।
मधेसीको मागलाई माग नै नमान्नु र उनीहरुलाई भारतीयकै रुपमा हेरिनु भनेको साँघुरो मानसिकता र पूर्वाग्रहबाहेक केही होइन । मधेसको मागको उपेक्षा गर्ने मानिसहरु भारतको विभिन्न राज्यमा बसेका नेपाली भाषीको आन्दोलनलाई समर्थन गर्छन् । उनीहरुलाई नेपाली सरह सम्मान दिन्छन् । दार्जिलिंग, सिक्किम, मणिपुर, भुटान र म्यानमारबाट आएकालाई नेपाली मान्छन्, मधेसीसँग भारतीयजस्तै व्यवहार गर्छन् । आफूलाई राष्ट्रवादी भन्नेहरुकै यस्तो सोच छ भने मौकामा चौका हान्नेको त के कुरा ? जबसम्म भारतीय वा मधेसीलाई एउटै चश्माबाट हेरिन्छ, त्यतिबेलासम्म मधेसको पीडा बुझिन्न । राष्ट्रियताको सोचलाई फराकिलो पार्दै एकपटक वास्तविक मधेसीलाई विश्वास गरेर हेरौं, बुझौं र अघि बढौं । देश र मधेसको अन्तर सदाका लागि खत्तम हुन्छ ।

News in today's Kantipur