Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

यस्तो छ ओलीलाई रोक्ने कांग्रेस–रोडम्याप


काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले १५ असोजमा एक हप्ताको समय दिएर दलहरूलाई सहमतीय प्रक्रियाबाट नयाँ सरकार गठनका लागि आह्वान गरेपछि दलहरू सरकार निर्माणका लागि गहन छलफलमा छन् ।

३ असोजमा जारी भएको नेपालको संविधान २०७२ ले सहमतीय सरकार निर्माणका लागि रूपान्तरित व्यवस्थापिका संसद्मा रहेका ३१ दल र स्वतन्त्र सांसदसमेतको लिखित सहमति आवश्यक पर्ने उल्लेख गरेकाले त्यो असम्भव प्रायः छ । त्यसैले दलहरू बहुमतीय प्रक्रियाबाट अधिकतम सहमतिको सरकार निर्माणको गृहकार्यमा जुटेका छन् । तर, प्रधानमन्त्रीको उम्मेदवार कुन दलको कुन नेताअधिकतम सहमतिको सरकार निर्माणका बेला रूपान्तरित संसद्को सबैभन्दा ठूलो दल आफू भएकाले आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै कांग्रेसका दोस्रो तहका नेता त्यसको लबिङमा लागिरहेका छन् । तर, दोस्रो ठूलो दल नेकपा एमालेले भने संविधान निर्माणअघि मुख्य चार दलबीच भएको सहमतिअनुसार एमालेले सरकारको नेतृत्व पाउनुपर्ने भन्दै पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय स्थायी समिति बैठकबाट गरिसकेको छ । एमालेले दाबी गरेजस्तो भद्र सहमति भएको कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री कोइरालाले मौन रूपमा स्विकारे पनि वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल स्विकार्दैनन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पार्टीको भ्रातृ संगठन तरुण दलले गरेको चियापान समारोहमा एमालेलाई संविधान निर्माण भएपछि सरकारको नेतृत्व दिने विषयमा कुनै सहमति नभएको बताएका थिए । उपसभापति पौडेलले तीन दलको बैठकपछि बालुवाटारबाट बाहिरिने क्रममा अब बन्ने सरकारको नेतृत्व एमालेलाई दिने विषयमा कुनै सहमति भएको आफ्नो जानकारीमा नरहेको बताए । यसले प्रस्ट पार्छ, कांग्रेस–एमालेलाई सहजै सरकारको नेतृत्व दिन तयार छैन । पुनः कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि सक्रिय रहेका कांग्रेसका एक नेताले ओलीले कांग्रेसबाहेक अन्य सबै दलको सहमति नजुटाउँदासम्म प्रधानमन्त्री कोइरालाले राजीनामा नदिने बताए । उनका अनुसार सहमतिको सम्भावना नरहेकाले २२ गते राष्ट्रपतिबाट बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको आह्वान भएपछि कांग्रेसले सुशीलकै नेतृत्वमा बहुमतीय सरकार बनाउनका लागि पहल थाल्नेछ । एमाले र एमाओवादीले कोइरालालाई राजीनामा दिन दबाब दिए पनि उनले दिएका छैनन् । ‘सहमतीय प्रक्रियाबाट सरकार बन्दैन । बहुमतीय प्रक्रियाबाट सरकार निर्माणको आह्वान भएपछि हामी वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा सरकार बनाउने पहलकदमीमा लाग्नेछौँ,’ ती नेताले रातोपाटीसँग भने, ‘उहाँले राजीनामा दिनुहुन्न । एमाले अध्यक्ष केपी ओलीले बहुमत पु¥याएर आएमा कांग्रेस अपोजिसनमा बस्छ ।’ तर, एमालेले बहुमत पु¥याउन नसक्नेमा आफूहरू ढुक्क रहेको ती नेताको कथन छ । सत्ता समीकरणबारे निर्णय लिनका लागि कांग्रेसले भोलि केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकमा आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय हुने कांग्रेस नेता बताउँछन् । केन्द्रीय सदस्य बालकृष्ण खाँडले सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गर्ने बताए । उम्मेदवार कसलाई बनाउने भन्नेबारे उले केही खुलाएनन् । संविधानतः सरकार निर्माणका लागि कसरी बहुमत पु¥याउने भन्ने विषयमा पनि कांग्रेसले रणनीति बनाइसकेको नेताहरू बताउँछन् । कांग्रेस नेतृत्वमा सरकार बनाउनका लागि रणनीति तय गर्न पार्टी नेतृत्वले दिएको निर्देशनअनुरुप खटिएका नेताका अनुसार सबैभन्दा पहिला कांग्रेस, एमाले र एमाओवादीसहितको सरकार बनाउनका लागि पहल गरिनेछ । यदि एमालेले नमाने एमाओवादीलाई ल्याउन कांग्रेसले पहल गर्नेछ । एमाओवादीले पनि नमानेमा एमाले र एमाओवादी बाहेकका दललाई मिलाएर सरकार बनाउने रणनीतिमा कांग्रेस रहेको स्रोत बताउँछ । कांग्रेस नेताहरूले एमाओवादी र एमालेबाहेक पनि सहज तरिकाले बहुमत पु¥याउन सक्ने भन्दै त्यो पहल पनि भित्रभित्रै थालेको बताएका छन् । एमाओवादीले नमाने चौथो दल राप्रपाका अध्यक्ष तथा संसदीय दलका नेता कमल थापालाई उपप्रधान तथा गृहमन्त्री दिएर भए पनि सत्तामा ल्याउने पहल अहिलेबाट नै कांग्रेसले सुरु गरेको एक नेताले बताए । यदि सहमतिको सरकार बन्ने भएमा पनि एमालेलाई उम्मेदवार परिवर्तन गर्न आग्रह गर्ने रणनीतिमा कांग्रेस छ । दक्षिणी छिमेकी मुलुक भारतले समेत रुचाएका नेता माधवकुमार नेपाललाई उम्मेदवार बनाएमा सहमतिको सरकार बन्ने सर्त मान्न सकिने रणनीतिमा कांग्रेस रहेको स्रोत बताउँछन् । कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भए वरिष्ठ नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने अडानमा ओली रहेकाले कांग्रेस नेतृत्व पनि एमाले नेतृत्वमा सरकार गठन गर्नैपर्ने भए नेपाललाई उम्मेदवार बनाउने रणनीतिमा कांग्रेस नेतृत्व रहेको बताइन्छ । कांग्रेसमा पनि सुशीलकै नेतृत्वमा सरकार बनाउनका लागि ठूलो शक्ति लागिरहेको स्रोत बताउँछन् । नेता देउवाले समेत आफूलाई सभापति बनाउन संस्थापन तयार रहे सुशीललाई प्रधानमन्त्री बनाउन आफू लबिङमा लाग्ने बताएको एक नेताले बताए । संस्थापनले पनि सुशीललाई प्रधानमन्त्री र कोइराला परिवारका एक सदस्यलाई महामन्त्री बनाउन देउवा तयार रहे आफूहरूलाई कुनै आपत्ति नरहेको बताइसकेको ती नेताको भनाइ छ । कांग्रेसको यो रणनीतिमा दक्षिणी छिमेकी मुलुक भारतको संस्थापन पक्ष पनि सकारात्मक रहेको बताइन्छ । भारतको सस्थापनलाई आफ्नो रणनीतिबारे जानकारी गराउनका लागि कांग्रेसले पार्टीका एक दूतलाई गोप्य रूपमा दिल्ली समेत पठाएको थियो । उनले भारतको संस्थापन कांग्रेसको रणनीतिमा सकारात्मक रहेको बताएको जानकारी पार्टीका शीर्ष नेतालाई दिएका छन् । स्रोतका अनुसार अहिले कांग्रेसको त्यस्तो रणनीति बनाउन कोइराला परिवारका डा. शेखर र डा. शशांक तथा सहमहामन्त्री पूर्णबहादुर खड्का, प्रदीप गिरी, अर्जुननरसिंह केसीलगायत नेता लागिरहेका छन् । उनीहरू कसैले पनि यस विषयमा प्रतिक्रिया दिन इन्कार गरे । 
News in : Ratopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/