Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

अधकट्टीलाई आफ्नै डिजाइन

बडादसैंको अवसर पारेर कात्तिक ३ गतेबाट प्रदर्शनमा आउन लागेको सुव्रत आचार्य निर्देशित हास्यप्रधान चलचित्र ‘अधकट्टी’ की नायिका अशिष्मा नकर्मीलाई अचेल ‘कोकाकोला गर्ल’ उपनामले बोलाउन थालिएको छ । चलचित्रमा समावेश प्रल्हाद तिमिल्सिना तथा जोनिशा पौडेलको पाश्र्व गायनको ‘तिम्रो फिगर कोकाकोला’ गीत अहिले जनजिब्रोमा झुन्डिएको छ । किरण माइकलको शब्द तथा वसन्त सापकोटाको संगीतको उक्त गीतको लोकप्रियताले नायिका अशिष्मालाई थप उत्साहित बनाएको छ । शायद त्यसैले हुनुपर्छ, यतिबेला उनले चलचित्रको प्रचारका लागि बनाइएको ‘अधकट्टी’ को शीर्षक लोगो अंकित टिसर्टलाई आफैंले डिजाइन गरेर स्टाइलिस बनाएकी छिन् ।
युट्युबमा टिसर्टलाई स्टाइलिस बनाउने भिडियो हेर्दै अधकट्टीको टिसर्टलाई डिजाइन गरेको अशिष्माले बताएकी छिन् । प्रदीपकुमार उदयको ‘अधकट्टी’ मा अशिष्मासहित गौरव पहाडी, प्रदीप बास्तोला, रिस्ता बस्नेत, विल्सन विक्रम राई, गजित विष्ट आदि कलाकारले अभिनय गरेका छन् । 
From: Saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/