Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

अष्ट्रेलियामा नेपाली विद्यार्थी चौथो ठुलो संख्यामा

भाद्र २०, २०७२- अष्ट्रेलियामा विद्यार्थी भिषामा रहेका विदेशीहरुमा नेपालीको संख्या चौथो रहेको तथ्यांकले देखाएको छ । अष्ट्रेलियामा अहिले अध्ययनरत ३ लाख बढी विदेशी विद्याथीहरुको संख्यालाई तुलना गरेर उक्त तथ्यांक निकालिएको हो । 
अहिलेसम्म प्राप्त विवरण अनुसार अष्ट्रेलियामा रहेर अध्ययनरत विदेशी विद्यार्थी संख्याको ५ दशमलव २ प्रतिशत नेपाली रहेका छन् । अष्ट्रेलियाको अध्यागमन विभागबाट प्राप्त पछिल्लो तथ्यांक अनुसार अहिले १५ हजार ७ सय १२ जना नेपालीहरु विद्यार्थी भिषामा अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय र कलेजहरुमा अध्ययनरत रहेका छन् । जुन गत वर्षको तुलनामा २७ प्रतिशतले बढी हो ।

विभागको तथ्यांक अनसार अहिले अष्ट्रेलियामा ३ लाख ३ हजार विदेशीहरु विद्यार्थी भिषामा अध्ययनरत छन् । जसमा पहिलो स्थानमा चीनका विद्यार्थीहरु छन् । दोस्रोमा भारतका विद्यार्थीहरु रहेका छन भने तेस्रो र पाँचौमा क्रमश: भियतनाम र साउथ कोरियाका विद्यार्थीहरु छन् । अष्ट्रेलियाले स्ट्रिमलाईन प्रोसेसिङ्ग प्रणालीबाट विदेशी विद्यार्थीहरुलाई अध्ययनका लागि अनुमती दिने प्रक्रिया शुरु गरेपछि यो संख्यामा केही वृद्धि भएको हो ।

अष्ट्रेलियाले विद्यार्थीहरुलाई अध्ययनका लागि भिषा दिँदै आएको भएपनि प्रत्येका वर्ष भिषा रद्द समेत गर्दै आएको छ । यसवर्ष भिषा रद्द भएका देशहरुमा भने नेपाल सर्वाधिक पाँचौं नम्बरमा पर्नबाट भने जोगिएको छ । यस वर्ष सबैभन्दा धेरै भिषा रद्द भएका देशहरुमा क्रमश चीन, साउथ कोरिया, भारत, भियतनाम र थाइल्याण्ड रहेका छन् । विभागले पाँच मुलुक बाहेक अन्य देशका विद्यार्थी भिषा रद्द भएको सुचना सार्वजनिक नगरिसकेकाले कति नेपाली विद्यार्थीको भिषा रद्द भयो भन्ने नखुलेपनि गत वर्षकै तुलनामा भिषा रद्द भएको हुनसक्ने अनुमान माइग्रेसन क्षेत्रका विज्ञहरुको भनाइ छ । अघिल्लो वर्ष करिब ५ सय नेपाली विद्यार्थीहरुको भिषा अष्ट्रेलियाले रद्द गरेको थियो ।

‘विद्यार्थी भिषा रद्द हुनेमा भन्दा भिषा पाउनेमा अब्बल रहनु नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया केही सहज छ भन्ने प्रमाण हो,’ अष्ट्रेलियामा माइग्रेसन विज्ञका रुपमा काम गरिरहेका संजीव पाण्डेले भने, ‘विश्वभरिबाट भिषा पाउने देशमा चौथोमा पर्नु आँफैमा सकारात्मक कुरा हो ।’ अष्ट्रेलियन एजुकेसन कन्सल्टेन्ट एलायन्सका सचिव समेत रहेका पाण्डेले पछिल्लो समयमा अध्ययनका लागि यहाँ आउने बिद्यार्थीहरु छानिएर आउन थालेको र अंग्रेजी तथा पढाईको स्तर समेत राम्रो रहेकाले सबै क्षेत्रमा सकारात्मक नतिजा आएको बताए ।
News from: Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/