Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सीमाङ्कनपछि १० सुरक्षाकर्मी सहित २९ को मृत्यु


काठमाडौं–सङ्घीयताको सीमाङ्कनपछि मुलुकका विभन्न स्थानमा भएका आन्दोलनका क्रममा १० सुरक्षाकर्मी सहित २९ जनाको मृत्यु भएको गृहमन्त्री बामदेव गौतमले बताएका छन्।    दुइ सर्वसाधारण र १७ प्रदर्शनकारी मारिएको उनले आइतबार सदनलाई जानकारी गराए। गृहमन्त्रीका अनुसार ८३ प्रहरी र ११२ प्रदर्शनकारी घाइते भएका छन्। त्यस्तै प्रदर्शनकारीले ४३ सरकारी कार्यालय र ३० निजी घरमा तोडफोड तथा आगजनी गरिएको गृहमन्त्री गौतमले जानकारी दिए। उनका अनुसार प्रदर्शनकारीले २४ सरकारी गाडी र १७२ निजी सवारीसाधन तोडफोड र आगजनी गरेका छन्।उनले ब्वयस्थापिका-संसदलाई सम्बोधन गर्दै तराईको आन्दोलनमा फरक प्रवृत्ति देखिएको बताए। इतिहासमै नदेखिएको हिंसात्मक र अराजक गतिविधि भएको स्वीकार्दै गौतमले लाठी, भाला, बन्चरो लिएर प्रदर्शन उत्रिनु, पट्रोल बम, सुतली बम हानेर आतंकित बनाउने, सरकारी कार्यालय तोडफोड गर्ने, सुरक्षाकर्मीलाई चौकी छाडेर जान धम्की दिनेजस्ता कार्यले त्यस क्षेत्रमा राज्यको उपस्थिति हटाएर आफ्नो नियन्त्रणमा लिन खोजेको उनले बताए।मधेसी दलका नेताहरु, उपेन्द्र, राजेन्द्र र अमरेशलाई इंगित गर्दै गौतमले टीकापुर घटना योजनाबद्ध भएको आशंका ब्यक्त गरे। 'ती नेताहरुले जनता भड्काउने काम गरेको र त्यही प्रवृत्तिको घटना घट्नुले टीकापुर घटना योजनाबद्ध रहेको आशंका गर्न सकिन्छ,' उनले भने।उनले सुरक्षाकर्मीलाई सकेसम्म कम बल प्रयोग गर्न निर्देशन दिए। आत्मरक्षाका लागिमात्रै बल प्रयोग गर्न उनले सुरक्षाकर्मीलाई सुझाए। उनले प्रदर्शनकारीलाई शान्तिपूर्ण आन्दोलन गरिदिन आग्रहसमेत गरे।
News Source: Nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/