Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

उकालो लाग्दै सफ्टवेयर निर्माण व्यवसाय

काठमाडौं- निकेट थापा साढे दुई वर्षदेखि सफ्टवेयर निर्माणमा व्यस्त छन्। राम्रो सफ्टवेयर डेभलपरका रुपमा स्थापित हुने 'प्यासन'सहित यस क्षेत्रमा छिरेका थापा छोटो समयमै 'सिनियर डेभलपर' बने।

'मेहनत र लगावले यहाँसम्म आइपुगेको छु,' र्याापिड वेब सलुसनमा कार्यरत थापाले आफ्नै कार्यालयमा भने, 'सफ्टवेयर निर्माण व्यवसाय फस्टाउँदै गएको छ।' र्यायपिडमा उनी जस्तै ५० जना युवा सफ्टवेयर निर्माणमा तल्लिन थिए। कोही भर्खर करिअर सुरु गर्दै, कोही अनुभवी।व्यवसाय विस्तारै प्रविधियुक्त हुँदै गर्दा सफ्टवेयर, एप्स, वेबसाइट निर्माण व्यवसायले उद्योगको रुप लिँदैछ। नयाँ क्षेत्र, आकर्षक तलब, सहज समय र विदेश जाने अवसर भएकाले यसमा युवाको आकर्षण बढ्दै गएको सफ्टवेयर व्यवसायी बताउँछन्।'झन्डै १० वर्षको अन्तरालमा सफ्टवेयर निर्माणले व्यवसायको रुप लिएको छ,' र्यावपिडका प्रबन्ध निर्देशक तथा कप्युटर एसोसिएसन नेपाल महासंघका सदस्य अभिजित गुप्ता भन्छन्, 'अहिले बजारमा यो व्यवसाय प्रतिस्पर्धी बन्दैछ।
'महासंघका अनुसार सफ्टवेयर डेभलपरका रुपमा दर्ता भएका कम्पनी ३ सय हाराहारी छन्। अधिकांश उपत्यकाकेन्द्रित छन्। केहीले विराटनगरलगायत मोफसलमा पनि काम सुरु गरेका छन्।दर्ता भएकामध्ये झन्डै ७० वटा कम्पनीले उपत्यकामा प्रतिस्पर्धा गरिरहेको व्यवसायी बताउँछन्। यी कम्पनीमा १०–१५ देखि ३ सय जनासम्मले काम पाएका छन्। एक कम्पनीमा औसत ३० जनाका दरले हिसाब गर्ने हो भने ७० कम्पनीमा २ हजार १ सय सफ्टवेयर निर्माताले काम गरिरहेको मान्न सकिन्छ। केही कम्पनीले ३ सय ५० भन्दा धेरैलाई काम दिएका छन्।धेरैजसो कम्पनीले बिजनेस प्रोसेस आउटसोर्सिङ (बिपिओ)को काम गरिरहेका छन्। विदेशबाट आउने यस्ता कामले गर्दा सफ्टवेयर, वेबसाइट र एप्स निर्माण व्यवसाय मौलाउँदै गएको व्यवसायी बताउँछन्। अहिले खासगरी अमेरिका, अस्ट्रेलिया, युरोप र अरेबियन देशबाट काम आउने गरेको छ। 'नेपाली कम्पनीले विदेशका कम्पनीसँग सिधा सम्पर्क गरेर काम ल्याउँछन्,' गुप्ताले भने, 'विदेशबाट आउने त्यही कामले नेपालमा सफ्टवेयर व्यवसायले प्रगति गरिरहेको छ।'एघार वर्षदेखि सफ्टवेयर, एप्स र वेबसाइट निर्माण गरिरहेको एफवान सफ्ट इन्टरनेसनलका विश्वास ढकाल पनि यो व्यवसाय उकालो लाग्दै गएको बताउँछन्। 'बजारमा माग बढिरहेको छ, अवसर असीमित छ,' ढकालले भने, 'अहिले त्यो माग पूरा गर्न सके पुग्छ।'नेपाली कम्पनीले व्यावसायिकतासँगै ब्रान्डिङमा ध्यान दिने हो भने यस क्षेत्रले राम्रो गर्न सक्ने उनको आंकलन छ।नेपालले सूचना प्रविधिमा विस्तारै विकास गरिरहेकोले सफ्टवेयर युवाको लागि नयाँ क्षेत्र हो। यो नयाँ काम गर्न रुचाउने, सिर्जनशीलतामा रमाउने युवाको लागि आकर्षक क्षेत्र बनेको छ। 'युवाको लागि यो आकर्षक क्षेत्र हो,' दुई वर्षदेखि सफ्टवेयर निर्माण गरिरहेका राजु गुरुङ भन्छन्, 'प्रविधिमा रुचि भएकाले यसमा आएको हुँ।'यसमा लागेका कतिपय युवा विषयगत अध्ययन गरेर आएका छन् भने कतिपय तालिम र आफ्नै मेहनतबाट स्थापित भएका छन्। 'रुचि वा अध्ययन जसरी लागे पनि प्राविधिक क्षेत्र भएकाले मेहनत र लगाव अनिवार्य छ,' गुरुङ भन्छन्, 'यस क्षेत्रमा छिरेपछि संघर्ष धेरै गर्नुपर्छ।' उनले आफू पनि बिबिएस अध्ययन गरेर यस क्षेत्रमा छिरेको बताए।आकर्षक तलब भएकाले यसमा युवाहरू बढ्दै छन्। 'नयाँ आइडियामा मेहनत गर्नेका लागि राम्रो आम्दानीको स्रोत पनि हो,' र्याुपिडका थापा भन्छन्, 'मैले महिनामा कर तिरेर २ लाख २० हजार रुपैयाँसम्म कमाएको छु।' कम्तीमा मासिक ८० हजार कमाइ भइरहेको उनको अनुभव छ।महासंघमा सफ्टवेयर तथा बिपिओ कमिटी सभापति रहेका गुप्ता नेपालमा चलेका अधिकांश सफ्टवेयर कम्पनीले राम्रो तलब दिइरहेको बताउँछन्। उनका अनुसार राम्रो कम्पनीले औसत साढे ९ हजारदेखि ५५ हजारसम्म तलब दिइरहेका छन्। उनका अनुसार भर्खर प्रवेश गरेका प्रशिक्षार्थीले ९ हजार ५ सय, जुनियर तहमा १५ हजारदेखि २५ हजारसम्म, जुनियर प्लसमा २५ देखि ४० हजार र सिनियर तहका सफ्टवेयर डेभलपरले ४० देखि ५५ हजार रुपैयाँसम्म पाउँछन्।ढकाल पनि राम्रो तलबलाई यस क्षेत्रको एक प्रमुख आकर्षण मान्छन्। सुरुमै २५–३० हजार रुपैयाँ हुने र पछि आफूले काम गर्न सके आम्दानी बढ्दै जाने उनले बताए। एक्लै वा समूहमा मिलेर पनि काम गर्न सकिने भएर युवाहरू यो क्षेत्र रुचाउँछन्। एक्लै एकान्तमा बसेर नयाँ सिर्जना गर्न रुचाउनेको लागि यो रमाइलो पेसा हो। आफूले गरेको काम सबैले देख्ने, धेरै ठाउँबाट प्रतिक्रिया आउने भएकाले पनि उनीहरू यसमा रमाइलो हुने बताउँछन्।धेरै समय खट्ने, मेहनत गर्नेले अतिरिक्त समयमा थप कमाइ गरिरहेका छन्। कतिपयले 'फ्रिल्यान्सर'का रुपमा काम गरिरहेका छन्। उनीहरूले स्वदेश र विदेशका काम पाइरहेका छन्। सक्षम फ्रिल्यान्सरले मासिक ३ सयदेखि ५ सय डलरसम्म कमाइरहेको उनको अनुभव छ।सफ्टवेयर निर्माणमा युवाको आकर्षण रहनुमा विदेशमा पाइने राम्रो सुविधा पनि हो भन्छन्, सम्बन्धित युवा। नेपालमा २–३ वर्षको अनुभवपछि विदेशमा राम्रो काम पाइने भएकाले केही युवालाई तानेको छ। यस्ता अधिकांश विद्यार्थी भिसामा विदेश जान्छन्। थोरै मात्र विदेशी कम्पनीको सम्पर्कमा काम गर्न जान्छन्।भर्खर स्थापना हुँदै गरेको यो व्यवसायमा चुनौती पनि प्रशस्त छन्। स्थानीय बजारमा प्रतिस्पर्धा धेरै भएको व्यवसायी बताउँछन्। सानो लगानीदेखि ठूलो स्तरका सफ्टवेयर बनाउन चर्को प्रतिस्पर्धा छ। अझ प्रयोगकर्ता सचेत नहुँदा सस्तो र गुणस्तरहीन सफ्टवेयर निर्माण भइरहेका छन्। तिनीहरूसँग गुणस्तरीय महँगा सफ्टवेयरले प्रतिस्पर्धा गर्न गाह्रो हुने उनीहरूको भनाइ छ। सस्तोमा पाइन्छ भने महँगो किन तिर्ने भन्ने सोच प्रयोगकर्तामा हुँदा गुणस्तरीय सफ्टवेयर निर्माण चुनौती बनेको छ।नेपाली कम्पनीहरू आफैं सक्षम नहुँदा ठूला बजेटका स्वदेशी काम लिन सकेका छैनन्। 'कर्पोरेट हाउस, सरकारी कार्यालयका ठूला बजेटका सफ्टवेयर निर्माण गर्न हाम्रोमा अझै चुनौती छ,' गुप्ताले भने, 'नेपाली कम्पनीले गर्न नसक्दा त्यस्ता काम विदेश जान्छ।'नेपाली कम्पनी सक्षम नभएर ठूला बजेटका काम अन्तै जाने भनाइप्रति ढकाल भने असहमति जाउँछन्। 'नेपाली कम्पनी ठूला स्तरका सफ्टवेयर बनाउन पनि सक्षम छन्,' ढकालले भने, 'ठूलो स्तरको सफ्टवेयर बनाउने टेन्डर गर्दा नै विदेशीलाई टार्गेट गरेर सर्त राखिन्छ, अनि स्वदेशीले प्रतिस्पर्धै गर्न पाउँदैनन्।'अनुभव, विद्युत र प्रयोगात्मक शिक्षाको अभावले गर्दा नेपाली कम्पनीलाई सक्षम हुन चुनौती छ। 'आइटी कलेजले वर्षौैं लगाएर पढाएका विद्यार्थी कम्पनीमा आउँदाबित्तिकै आधारभूत तहबाटै तालिम दिनुपर्ने अवस्था छ,' गुरुङले भने, 'कलेजमा प्रयोगात्मक शिक्षाको कमी छ।'
News From: Nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/