Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

एनअारएन युएईको अध्यक्षमा सुदिप कार्कीद्वारा उम्मेद्वारी


 बिनोद श्रेष्ठ दुबइ/ गैर अावासिय संघ अन्तराष्ट्रिय समन्वय परिसद् युएईको अध्यक्ष पदमा सुदिप यज्ञ बहादुर कार्कीले उम्मेद्वारी घोषणा गरेका छन्।संघको अागामी सेक्टेम्बर ४ मा हुने छैटाै महाधिबेशन नजिकिदै गर्दा कार्कीले अध्यक्ष पदका लागी उम्मेद्वारी घोषणा गरेका हुन्।

को हुन् कार्की ? काठमाडाै सिनामंगल स्थायी घर भएका कार्की बिगत १२ बर्ष देखी युएईको रसलखेमामा कार्यरत छन्। लामो समय देखी बिभिन्न सामाजिक संघ सस्थामा अाबद्द भएर नेपाली श्रमिकहरूको सुख दुखमा सहयगोग गर्दै अाएका उनी लेबर क्याम्प भिजिट गर्ने, महिला हिशा, घरेलु कामदारहरूको समस्याको बिरूद् अावाज उठाउदै अाएका छन्। युएईको उत्तरी क्षेत्र (रसल्खेमा) मा अाफ्नो बर्चस्व कायम गर्न सफल कार्की युएईको सफल समाजसेवीको रूपमा परिचित छन्। बर्तमान उपाध्यक्ष समेत रहेका कार्कीले केही समय अघि मात्र बिचल्लिमा परेका केही नेपालीहरूलाई अाफु जमानत बसेर घर फर्काउने क्रममा तिन दिन जेल बसे। अनन्त ती नेपाली श्रमिकहरूलाइ नेपाल पर्काउन सफल भए। नेपालबाट घरेलु कामदारमा अाएका महिलाहरूलाई अाफ्नै क्याममा राखेर अार्थिक सहयोग गरी नेपाल पर्काउने उनको दिन चरियामा नै पर्छ। बैशाख १२ को बिनाशकारी महाभुकम्पले क्षति पुर्याएको गोरखाको केही गा.बि.स मा राहत समेत उपलब्ध गराएका थिए। अध्यक्षमा उम्मेद्वारी किन ? बोलीमा भन्दा काममा बिश्वास गर्ने कार्की एनअारएन लाई खाडीमा रहेका हरेक श्रमिकसँग हातेमालो गर्दै उनीहरूको हितमा काम गर्ने बताएका छन्। उनले एनअारएन अभियान मात्र नभएर एउटा एकबद्दता सु संगठित प्रयास रहेको बँताउदै अाफुले जुनसुकै अबस्थामा नेतृत्व गर्न सक्ने दाबी गर्छन्। बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित तुल्याउन नीतिगत रुपमा नेपाल सरकारसँग निरन्तर पहलकदमी गर्ने बाचा गरेका छन्।दुबईमा नेपाली कन्सुलर खुलाउने , कल्याणकारी कोषलाइ प्रभाबकारी ढगंले परिचालन गर्ने एनअारएनलाइ नेपाली श्रमिक माँझ पर्याउने जस्ता ८ बुँदे धोषणा पत्र प्रस्तुत गरि सकेका छन्।
News From: RATOPATI
Ą
https://www.flickr.com/photos/spklg/15211044551/