Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

छिट्टै लेबर बैङ्क खोेल्दै छौँ : श्रमराज्य मन्त्री

 
लामो समयदेखि बैदेशिक रोजगार ब्यबसाय गरिरहेका श्रम राज्यमन्त्री टेक बहादुर गुरुङ्ग मनाङबाट निर्बाचित संबिधान सभाका सदस्य पनि हुन । दाजु पाल्टेन गुरुङ्ग श्रममन्त्री हुँदा उनका स्वकीय सचिब रहेका थिए उनी । राज्यमन्त्रीमा नियुक्त भएसँगै चर्चामा आएका टेक बहादुर गुरुङ्गको यहि अगष्ट २६ तारिख देखि भएको ४ दिने कोरिया भ्रमण गरेका थिए । कोरियमा उनले के के गरे ? रातोपाटीका कोरियास्थ्ति संवादादाता अर्जुन बराल ले गरेको कुराकानी शुन्य लागतमा मलेसिया लगायत खाडी मुलुकका ६ राष्ट्रमा नीति बनाएर चर्चामा आउनुभएको थियो । अहिले कोरियाका मानव संसाधन बिभाग प्रमुख प्राध्यापक योङ बुक पार्कसँग पनि शुन्य लागतमा छलफल गर्नुभयो ? हैन, कोरियाका बिषयमा शुन्य लागत नभनै न्युन लागतको बिषयमा छलफल गरिएको हो । नेपाली कामदारले नेपालमा गरिने बिमा, मेडिकल, श्रम कल्याणकारी कोष यी सबै कामदारले नै तिर्नुपर्छ । कोरियामा आउँने नेपाली कामदारका बिषयमा पनि फ्रि टिकटका बिषयमा कुरा उठान गरेको छु । र भने नेपाली कामदारका नीम्ति श्रमकोटा बढाउँन पनि छलफल भएको छ ।

कोरियामा ईपिएस मार्फत भित्रिने १५ राष्ट्र मध्ये केहि राष्ट्रका कामदारले संचयकोष प्राप्त गर्दछन तर, नेपाल बंचित छ । यस बिषयमा केही पहल भयो ? यस बिषयमा छलफल गरेको छु । कसरी र कुन मापदण्डबाट हामीले प्राप्त गर्न सक्दछौँ यस बिषयमा बिस्तृत अध्ययन गरेर हामीले पहल गर्नुपर्दछ । मैले पनि मानव संंसाधन बिभागमा यस कुरालाई उठान गरेकै छु । दक्षिण कोरियाका समकक्षी योङ सुन्वीच भएको श्रम सम्झौतामा केहि छ ? रोजगार प्रक्रिया प्रणाली लागु भएका १५ राष्ट्रको लागि नीति त एउटै हुन्छ । अहिले हामीले गरेको श्रम सम्झौता नभई श्रम नविकरण हो । बरु आउँन लाग्ने टिकटका बिषयमा अनुरोध गरिएको थियो । यस बिषयमा उहाँहरुले अहिले १५ राष्ट्रमा नै नदिएकोले यसमा अलि अप्ठयारो हुँने बताउनुभयो । तै पनि मैले पहिला रोजगारदाताले टिकट उपलब्ध गराई पछि तलब बाट कट्टा गराउँन उपयुक्त हुँने धारणा राखेको छु । कोरियामा रहेका नेपाली के कस्ता समस्यामा परेका हुँदारहेछन् ? कोरियामा आएपछि म श्रमसहचारीको पहलबाट एक कम्पनीमा गएको थिएँ, जुन कम्पनीमा नेपाली कामदार २२ जना रहेछन् । मैले सबै नेपालीसँग भेटे । सबैको राम्रो नै रहेछ । अनि कम्पनीको मालिकसँग पनि भेटे । उनले नेपाली कामदार मेहेनती र ईमान्दार हुँने हुँदा आफनो रोजाई नेपाली नै भएको बताए । बरु नेपालीहरुले तीन चार बर्षसम्म एउटै कम्पनीमा कामगर्दा निराश पर्ने हुँने हुँदा परिवारलाई पनि केहि समय ल्याउँन पाए हुन्थ्यो भन्ने कुरा उठान गर्नु भएको थियो यस बिषयलाई पनि उठान गरेको थिएँ । यस बिषयमा उहाँहरु सकारात्मक हुँनुहुन्छ । तपाई जहाँ जानुहुन्छ श्रमकोटा बढाउँनै जोड दिनुहुन्छ, युवा शक्तिलाई विदेश पठाउने विकल्पमा किन प्राथामिकता दिनुभएको छ ? हैन–हैन, त्यस्तो बिल्कुलै होईन । हामीले जुन कुरालाई पनि सकरात्मक तरिकाले लिनुपर्छ । अहिलेको अबस्थाले हामीलाई बाध्यता भनौँ या अहिलेको समय भनौँ । खासमा यो बेलामा युवाशक्तिलाई देशमै उपयोग गर्नुपर्छ । हामीले पनि यस बिषयमा सोचीरहेका छौँ । जस्तो पायो त्यही कम्पनीमा गएर समस्यामा पर्नुभन्दा फ्रि भिषा र फ्रि टिकटका माध्यमबाट यो समस्या घट्छ । जसले गर्दा नेपालीहरु नेपालमै केहि गराँै न भन्ने केहि मानसिकता पैदा गर्दछ । कोरियाबाट वैधानिकतरिकाले १० प्रतिशत रकम मात्र नेपाल भित्रन्छ, धेरै रकम हुन्डी मार्फत जान्छ, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? अब हामीले छिट्टै लेबर बैङ्क खोेल्दै छौँ । जसले गर्दा कुनै नेपाली बैदेशीक रोजगारमा जानका लागि लेबर बैङ्कमा खाता खोलेपछि मात्र श्रम स्वीकृति हुन्छ । त्यही बैङ्कबाट उसले कर्जापनि प्राप्त गर्दछ र बिदेशमा कमाएको पैसापनि त्यही बैङ्कबाट भुक्तानी हुन्छ । भोली बैदेशीक रोजगारबाट फर्केपछि केहि गर्छु भन्ने अठोट लिन्छ भने उसलाई उचित ब्याजदरमा कर्जापनि प्राप्त हुन्छ । जसले हुण्डी कारोबार निश्चय नै ठप्प हुनेछ । शुन्य लागतले पनि अबश्य हुण्डी कारोबार रोक्न मद्दत गर्दछ । तपाईको भ्रमणबाट कोरियमा रहेका मजदुरहरुले के अपेक्षा गर्ने ? रोजगारसँगै सजिलो–गाह्रो सबै कुरामा संघर्ष गर्नु पर्दछ । तपाईको मिडियाबाट म बिश्वमा छरिएर रहेका नेपालीलाई के भन्न चाहन्छु भने हामी काममा लगनशार बनौँ, संघर्ष गर्न सिकौँ । हामी कुनै देशमा रोजगार गर्न जादै छाँै भने पहिला तिमीहरुले लगानी गराउ अनी बल्ल हामी आउँछौँ भन्ने बाताबरण श्रृजना गराउँन लागेको छु । जहाँसम्म पुरा गराएरै छाड्छु ।
News From: Ratopati
Ą
https://www.flickr.com/photos/spklg/15211044551/