लामो समयदेखि बैदेशिक रोजगार ब्यबसाय गरिरहेका श्रम राज्यमन्त्री टेक बहादुर गुरुङ्ग मनाङबाट निर्बाचित संबिधान सभाका सदस्य पनि हुन । दाजु पाल्टेन गुरुङ्ग श्रममन्त्री हुँदा उनका स्वकीय सचिब रहेका थिए उनी । राज्यमन्त्रीमा नियुक्त भएसँगै चर्चामा आएका टेक बहादुर गुरुङ्गको यहि अगष्ट २६ तारिख देखि भएको ४ दिने कोरिया भ्रमण गरेका थिए । कोरियमा उनले के के गरे ? रातोपाटीका कोरियास्थ्ति संवादादाता अर्जुन बराल ले गरेको कुराकानी शुन्य लागतमा मलेसिया लगायत खाडी मुलुकका ६ राष्ट्रमा नीति बनाएर चर्चामा आउनुभएको थियो । अहिले कोरियाका मानव संसाधन बिभाग प्रमुख प्राध्यापक योङ बुक पार्कसँग पनि शुन्य लागतमा छलफल गर्नुभयो ? हैन, कोरियाका बिषयमा शुन्य लागत नभनै न्युन लागतको बिषयमा छलफल गरिएको हो । नेपाली कामदारले नेपालमा गरिने बिमा, मेडिकल, श्रम कल्याणकारी कोष यी सबै कामदारले नै तिर्नुपर्छ । कोरियामा आउँने नेपाली कामदारका बिषयमा पनि फ्रि टिकटका बिषयमा कुरा उठान गरेको छु । र भने नेपाली कामदारका नीम्ति श्रमकोटा बढाउँन पनि छलफल भएको छ ।
Showing posts with label Minister for Labour Tek Bahadur Gurung. Show all posts
Showing posts with label Minister for Labour Tek Bahadur Gurung. Show all posts
Subscribe to:
Posts (Atom)





