Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सृष्टिको हट इन्ट्री

भाद्र १९, २०७२- नेपाली चलचित्रमा एउटा नयाँ अनुहारको उदय भएको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छेस्को’ मार्फत पोखराकी मोडल सृष्टि सेन्चुरी नायिकाका रूपमा पदार्पण गर्दैछिन् । 
एक दर्जनभन्दा बढी म्युजिक भिडियो तथा थुप्रै फेसन शोमा क्याटवाक गरिसकेकी पोखराकी स्थायी बासिन्दा २२ वर्षीया सृष्टिले दुर्गा विष्टको चलचित्र ‘छेस्को’ मा कामूक भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा अभिनेता राजन कार्की तथा सृष्टिबीचको बेड सिन पनि छ । पहिलो चलचित्रमै बेड सिन दिन पछि नपरेकी सृष्टिले उक्त दृश्यलाई ‘कथाको माग’ भनेकी छिन् । ५ फिट ५ इन्च अग्ली सृष्टिले चलचित्र छेस्कोमा बिग्रिएको युवकलाई सही बाटोमा ल्याउने भूमिका निर्वाह गरेकी छिन् तर त्यसक्रममा उनले गर्नु परेको त्यागलाई चलचित्रमा आकर्षक शैलीमा प्रस्तुत गरिएको छ ।
News From: Saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/