Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

निषेधाज्ञा तोडेर प्रदर्शन

सुर्खेत–अखण्ड मध्यपश्चिम र प्रन्तीय राज्यको राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै आएका आन्दोलनकारीहरुले बुधबार निषेधाज्ञा तोडेर प्रर्दशन गरेका छन्।
आठ दिनदेखि सरकारी कार्यालय क्षेत्रमा लाग्दै आएको निषेधाज्ञा पहिलो पटक आन्दोलनकारीले तोडेका हुन् । आँखा अस्पताल चोकदेखि घण्टाघरसम्मको निषेधाज्ञा क्षेत्र तोडेर आन्दोलनकारीले प्रदर्शन गरेका थिए।  अन्तरपार्टी महिला सञ्जाल र नागरिक संघर्ष समितिको छुट्टा छुट्टै ¥यालीले निषेधाज्ञा तोडेको थियो । केही दिनदेखि शान्त बनेको आन्दोलनले फेरि उग्ररुप लिन थालेको छ । नागरिक संघर्ष समितिले निषेधाज्ञा तोड्ने क्रममा झडपको अवस्था सृजना भएको थियो ।
आन्दोलनकारीहरुले विषेधाज्ञा अवज्ञाको आन्दोलन सुरु भएको बताएका छन् । 'अवको आन्दोलन निषेधाज्ञा तोडेर सरकारी कार्यालय कब्जा गर्नमा केन्द्रीत गछौं,' नागरिक संघर्ष समितिले संयोजक देवेन्द्र बिसीले भने, 'जनतालाई प्रवेश निषेध गर्न पाइँदैन् ।'
उनले शान्तिपूर्ण आन्दोलनलाई सरकारले कमजोरी ठानेकाले निषेधाज्ञा तोड्दै सरकारी कार्यालयहरु कब्जा गर्ने चेतावनी दिए । 'अखण्ड मध्यपश्चिम र त्यसको राजधानी सुर्खेतलाई बनाइनुपर्छ भन्ने मागका लागि केही दिनदेखि जारी शान्तिपूर्ण आन्दोलनलाई सरकारले कमजोरी ठान्यो,' उनले भने, 'अव निषेधाज्ञा तोड्ने मात्रै होइन्, सरकारी कार्यालयहरु पनि कब्जा गछौं ।'
प्रहरीलाई सेतो फुल
अखण्ड मध्यपश्चिमको माग गर्दै आन्दोलनरत महिलाहरुले बुधबार प्रहरीलाई सेतो फुल दिएका छन् । उनीहरुले ड्यूटीमा रहेका प्रहरीलाई सेतो फुल दिएका हुन् । 'हामी शान्तिपूर्ण आन्दोलन चाहन्छौं, हिंसात्मक होइन् भन्ने सन्देश दिनका लागि प्रहरीलाई सेतो फुल दिएका हौं,' महिला नेतृ लक्ष्मी शर्माले भनिन्, 'सेतो फुल अभियानलाई आन्दोलनको अवधिभर निरन्तरता दिन्छौं ।' बुधबार अन्तरपार्टी महिला सञ्जालले आयोजना गरेको ¥यालीका क्रममा महिलाहरुले ड्यूटीमा रहेका प्रहरीलाई फूल बा"ड्दै हि"डेका थिए 
Source: Nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/