Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

लिम्बुवान प्राप्तिका लागि खुन पसिना एक गर्छौं : लिङदेन


सुनसरी जेठ ३२ – अरुण पूर्वको नौ जिल्लालाई लिम्बुवान राज्य घोषणा गर्नका निमित्त पार्टीको तर्फबाट खुन पसिना एक गरीने संघिय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले बताएका छन् । 

मंगलबार सुनसरीको इटहरी स्थित होटल मनसान्त क्विन प्यालेसमा भएको पुर्वेलीकर्मीसँगको भेटवार्तामा लिङदेनले यस्तो बताएका हुन् । अरुण पूर्वको नौ जिल्ला लिम्बुवानको ऐतिहासिक पृष्ठभुमि रहेको कारण कुनै मधेसी दल या अन्य राजनीतिक नेताहरुले भन्दैमा कसैलाई भागवण्डा गर्न नदिने र कसैले जबरजस्ती अन्य राज्य घोषणा गर्न खोजे आफुहरु तत्काल प्रतिकारमा उत्रने उनले बताए । इटहरीमा मंगलबार सुनसरीका कृयाशिल पार्टीका सदस्यहरुलाई सदस्यता बितरण गर्ने कार्यक्रममा भेट भएका लिङदेनले आगामी दिनहरुमा पार्टीले लिम्बुवान प्राप्तिका लागि प्रत्येकको घरदैलोमा बिशेष सचेतना कार्यक्रमको आयोजना गर्ने समेत उनले बताए । सदस्यता बितरण अन्तरगत सुनसरीबाट मंगलबार मात्रै २ हजार बढीलाई पार्टीको नया कृयाशिल सदस्यता पत्र बितरण गरिएको संघिय लिम्बुवान नेपाल जिल्ला कार्य समिति सुनसरीले जनाएको छ ।
News from Ratopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/