Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

शक्ति गौचनलाई पितृशोक

काठमाडौं, माघ १४– नेपाली राष्ट्रिय क्रिकेटका खेलाडी शक्ति गौचनलाई आज पितृशोक परेको छ । करिब ४ बजे उनको पिताको निधन भएको थियो । भैरहवामा भएको माइक्रोबस दुर्घटनामा परि गम्भिर घाइते भएका थिए ।   दुर्घटनामा परि गम्भिर घाइते भएका खड्गबहादुर गौचनको मष्तिस्कमा गहिरो चोट लागेपछि काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा मष्तिस्कको उपचार भइरहेको थियो । उनकै परम्पराअनुसार नै आज पशुपपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  


 नामिबियामा भएको डिभिजन टु क्रिेकेटमा नेपाललाई जिताउनको लागि शक्तिले आफ्नो प्रर्दशनी देखाइरहेका थिए । बुबा त्यस्तो अवस्थामा हुँदा पनि शक्ति भने कति पनि नहड्बड्याइकन खेल खेलेका थिए । शक्ति उनको एक्लो मात्र सन्तान हुन् । 
नामिबियामा डिभिजन टु खेलेर सोमबार नेपाल फर्केका शक्ति विमानस्थलबाट सिधै बुबालाई भेट्न अस्पताल पुगेका थिए । शक्तिसँगै खड्गप्रसादप्रति श्रद्वाञ्जली दिन नेपाली क्रिकेट टिमका प्राय सबै खेलाडी पशुपति आर्यघाट पुगेका थिए ।
 बाबुलाई श्रद्वाञ्जली दिने बेलामा शक्ति निकै नै भावुक थिए । त्यस्तै प्रशिक्षक पुबुदु, सहायक प्रशिक्षक विनोद दास र नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले पनि श्रद्वाञ्जली दिएका थिए । 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/