Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Nepali Cricketer Shakti Gauchan. Show all posts
Showing posts with label Nepali Cricketer Shakti Gauchan. Show all posts

शक्ति गौचनलाई पितृशोक

काठमाडौं, माघ १४– नेपाली राष्ट्रिय क्रिकेटका खेलाडी शक्ति गौचनलाई आज पितृशोक परेको छ । करिब ४ बजे उनको पिताको निधन भएको थियो । भैरहवामा भएको माइक्रोबस दुर्घटनामा परि गम्भिर घाइते भएका थिए ।   दुर्घटनामा परि गम्भिर घाइते भएका खड्गबहादुर गौचनको मष्तिस्कमा गहिरो चोट लागेपछि काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा मष्तिस्कको उपचार भइरहेको थियो । उनकै परम्पराअनुसार नै आज पशुपपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  


 नामिबियामा भएको डिभिजन टु क्रिेकेटमा नेपाललाई जिताउनको लागि शक्तिले आफ्नो प्रर्दशनी देखाइरहेका थिए । बुबा त्यस्तो अवस्थामा हुँदा पनि शक्ति भने कति पनि नहड्बड्याइकन खेल खेलेका थिए । शक्ति उनको एक्लो मात्र सन्तान हुन् । 
नामिबियामा डिभिजन टु खेलेर सोमबार नेपाल फर्केका शक्ति विमानस्थलबाट सिधै बुबालाई भेट्न अस्पताल पुगेका थिए । शक्तिसँगै खड्गप्रसादप्रति श्रद्वाञ्जली दिन नेपाली क्रिकेट टिमका प्राय सबै खेलाडी पशुपति आर्यघाट पुगेका थिए ।
 बाबुलाई श्रद्वाञ्जली दिने बेलामा शक्ति निकै नै भावुक थिए । त्यस्तै प्रशिक्षक पुबुदु, सहायक प्रशिक्षक विनोद दास र नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले पनि श्रद्वाञ्जली दिएका थिए । 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/