Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मकवानपुरमा दुई बस जुद्घा १० को मृत्यु, ३० घाइते

चितवन/रौतहट-काठमाडौंबाट विराटनगर जाँदै गरेको र इलामबाट काठमाडौं आउँदै गरेको यात्रुबस मकवानपुरको बसामाडीमा एक आपासमा ठोकिँदा १० जनाको मृत्यु भएको छ। महेन्द्र राजमार्गअन्तर्गत पर्ने बसामाडीमा शनिबार बिहान सवा २ बजे दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुका अनुसार दुर्घटनामा परि ३० जना घाइते भएका छन्।
काठमाडौंबाट विराटनगर जाँदै गरेको ना४ख ५४४८ नम्बरको बस र इलामबाट काठमाडौं आउँदै गरेको ना५ख ४८४१ नम्बरको बस ठोक्किएका हुन्। तीब्र गतिमा गुडिरहेका दुई बसमध्ये कुनै एकले सन्तुलन गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ।
मध्यमाञ्चल ट्राफिक प्रहरी प्रमुख उमेश रंजितकारका अनुसार घटनास्थलमै मृत्यु हुने यात्रुमा इलामका रोशन भट्टराई, मिलन अधिकारी, इसा कार्की, सुजाता काफ्ले, रक्षा श्रेष्ठ, विराटनगरका शान्ता लुईंटेल , ७३१०४६६४१० नम्बरको राहदानीबाहक २६ वर्षीया रसियन नागरिक डारिया मोलोचक्व र थर खुल्न नसकेकी आस्था रहेको प्रमुख रंजितकारले बताए।

त्यस्तै, दुर्घटनामा परि गम्भिर घाइते प्रवीणराज आचार्यको हेटौंडा अस्पतालमा र इजत दाहालको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा परि घाइते भएकचा ३० जनालाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ।
- See more at: http://www.nagariknews.com/breaking-news/story/26977.html#sthash.14kHfrGb.dpuf
Ą
https://www.flickr.com/photos/spklg/15211044551/