Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मोदीसँग नेपाली फोटोपत्रकारको कानुनी लडाइँ

बोस्टन (अमेरिका)-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘धनतेरशको शुभकामना' भन्दै नागबेली स्वरुपमा बलिरहेको दियोको तस्बिर आफ्नो फेसबुक पेजमा पोस्ट गरे। फोटोग्राफरको नाम उल्लेख नगरी सार्वजनिक गरिएको उक्त तस्बिर खिचेका थिए, अमेरिका बस्ने नेपाली फोटोपत्रकार विमल नेपालले। 
अनुमतिबिना अर्काको तस्बिर प्रयोग गरेर विवादमा आएका मोदीका तर्फबाट भारतीय प्रधानमन्त्रीको कार्यालय (पिएमओ) ले प्रतिलिपि अधिकार दिन फोटोग्राफर नेपालसँग आग्रह गरेको छ, जसलाई नेपालले अस्वीकार गरेका छन्। उनका अनुसार पिएमओले पठाएको इमेलमा न फोटोग्राफरलाई ‘क्रेडिट' दिने बाचा गरिएको छ, न उचित पारिश्रमिक र क्षतिपूर्तिकै कुरा छ। 

‘उनीहरूले सक्कल फोटो र त्यसको कपिराइट मात्र मागेनन्, भविष्यमा स्वयंसेवीका रूपमा मोदीको डिजिटल विस्तारलाई योगदान गर्नसमेत आग्रह गरे,' पिएमओबाट हिरेन जोशीका नाममा पठाइएको इमेल उद्धृत गर्दै नेपालले मंगलबार नागरिकसँग भने, ‘एउटा व्यावसायिक फोटोग्राफरका लागि स्वयंसेवक फोटोग्राफर बन भन्नुजस्तो अपमान अरू केही हुन सक्दैन।'
कपिराइटसम्बन्धी अन्तर्राष्ट्रिय कानुन मिच्ने पिएमओको इमेल हेपाहा प्रवृत्तिको भएको नेपालको आरोप छ। फोटोग्राफी पनि बौद्धिक सम्पत्ति भएकाले अनुमतिबिना यसको व्यावसायिक वा गैरनाफामूलक प्रयोग अमेरिकी कपिराइट कानुनअनुसार वर्जित भएको जनाउँदै नेपालले भने, ‘मैले यही कुरा खुलाएर पिएमओलाई इमेलको जवाफ पठाइसकेको छु।' मोदीको राजनीतिक छवि र व्यक्तित्वबाट आफू प्रभावित भए पनि अर्काको तस्बिर जानकारीबिना जथाभाबी प्रयोग गर्ने प्रवृत्तिबाट दुःखी भएको उनले बताए।
यो विषयले भारतभित्र र बाहिरसमेत चर्चा पाएपछि क्याम्ब्रिजस्थित विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘स्कुल अफ ल' ले समेत चासो दिएको छ। उक्त स्कुलले फोटोपत्रकार नेपालसँग यसबारे छुट्टै भेट गर्न लागेको छ। नेपालले हार्वर्ड विश्वविद्यालय र नेसनल जियोग्राफीका लागि पनि फोटो खिच्दै आएका छन्। 
See more at : Naragik News

Ą
https://www.flickr.com/photos/spklg/15211044551/