Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सार्क सम्मेलनलाई सुरक्षा तयारी

काठमाडौ, कार्तिक १२ - आसन्न सार्क सम्मेलनका लागि सरकारले सुरक्षा तयारी सुरु गरेको छ । काठमाडौंमा आगामी मंसिर १० र ११ गते हुने १८ औं सार्क शिखर सम्मेलनका लागि सरकारले नेपाली सेनाका बलाधिकृत रथी पवनजंग पाण्डेको संयोजत्वमा ९ सदस्यीय एकीकृत सुरक्षा योजना निर्माण समिति बनाएको हो ।
समितिले कात्तिक १५ भित्रमा एकमुष्ट सुरक्षा योजना तयार गर्नेछ । गृह प्रवक्ता लक्ष्मी ढकालले सार्क सम्मेलनका लागि चुस्त सुरक्षा व्यवस्थाको तयारी भइरहेको बताए । 'सुरक्षा योजना पारित भएपछि त्यहीअनुसार रिहर्सल लगायतका अन्य तयारी हुनेछन्,' प्रवक्ता ढकालले भने, 'सुरक्षामा कुनै त्रुटि हुन नदिन ४ वटै सुरक्षा निकाय र गृह मन्त्रालयले एकमुष्ट रूपमा काम गरिरहेका छन् ।'

एकीकृत सुरक्षा योजना निर्माण समितिमा शान्ति सुरक्षा महाशाखा प्रमुख प्रवक्ता ढकाल, नेपाली सेनाका उपरथी भिक्टरशमशेर राणा, नेपाल प्रहरीका अतिरिक्त नायब महानिरीक्षक गणेशराज राई, सशस्त्र प्रहरी बलका अतिरिक्त नायब महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र प्रेम शाही छन् । यस्तै राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त महानिरीक्षक दिलीपराज रेग्मी, नेपाल प्रहरीका नायब महानिरीक्षक माधवप्रसाद नेपाल र गृहका गंगाबहादुर छेत्री छन् ।
यसका साथै नेपाल प्रहरीले भारत नेपाल नाका र राजधानी जोडिने मुख्य नाकामा सुरक्षा जाँचलाई तीव्रता दिएको छ । सार्वजनिक सवारीका साधनमा चढ्ने यात्रुलाई ओरालेर बाटो/बाटोमा चेकजाँच गरिरहेको छ । स्रोतका अनुसार नेपाल प्रहरी मुख्यालयले क्षेत्रीय प्रहरी कार्यालयहरूलाई परिपत्र गरेर नेपाल छिर्ने नाकाहरूमा सुरक्षा व्यवस्था चुस्त गर्न निर्देशन दिइसकेको छ । सुरक्षाका हिसाबले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गम्भीर सुरक्षा चुनौती भएका अधिकारीहरूको सहभागिता हुने सार्क सम्मेलनमा अपि्रय घटना हुन नदिन नाकामा सुरक्षा कडा पारिएको हो । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत सुरक्षा व्यवस्था चुस्त पारिएको छ । प्रहरी प्रवक्ता नायब महानिरीक्षक -डीआईजी) माधव जोशीले दसैंअघिदेखि नै विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा व्यवस्था चुस्त पारिरहेको बताए । 'दसैंअघिदेखि नै सीमालगायत राजधानी छिर्ने मुख्य नाकामा चेकजाँच कडा पारिएको हो,' उनले भने, 'यो क्रम निरन्तर रहन्छ ।' सार्क सम्मेलनकै सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी प्रमुख आईजीपी उपेन्द्रकान्त अर्याल विश्वका प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन अमेरिका गएनन् । त्यहाँ सशस्त्र प्रहरी प्रमुख कोषराज वन्त, नेपाल प्रहरीका अतिरिक्त नायब महानिरीक्षक रमेशशेखर वज्राचार्य, सशस्त्रकै नायब महानिरीक्षक दुर्जकुमार राईलगायतका अधिकारीहरू गएका छन् ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/