मोरङ- झापा–११ ले बुधबार जगदम्बा लुम्बिनी फुटबल क्लबलाई २–१ ले हराउँदै तेस्रो विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। म्यान अफ द म्याच विशाल राई 'ए' ले दुई गोल गर्दै झापालाई उपाधि दाबेदार बनाएका हुन्। उनले अतिरिक्त समयमा विजयी गोल गरेका थिए। क्वार्टरफाइनलमा नेपाल पुलिसलाई टाइब्रेकरमा ४–२ ले हराएर अगाडि बढेको एन्फा कप विजेता झापाले आहा–रारा गोल्डकपमा पनि लुम्बिनीलाई हराएको थियो।एकपक्षीय देखिएको खेलमा झापाले विजय पाउन भने अतिरिक्त समयसम्म खेल्नुपर्योर। लुम्बिनीले केही मात्र पोस्ट आक्रमणगर्ने मौका पाएको थियो। झापाको आत्मघाती गोल लुम्बिनीलाई सान्त्वना बन्यो।पहिलो हाफको खेल गोलरहित बन्यो।
४८ औं मिनेटमा विशाल राईले वान भर्सेस वानमा गोल गर्दै झापालाई अग्रता दिलाए। तर त्यसको १० मिनेटपछि लुम्बिनीका विश्वास श्रेष्ठले कर्नर नजिकबाट गरेको प्रहारमा किपर बिट भए। उक्त बल दिलेन लोक्तामलेक्लियर गर्न खोज्दा गोल आत्मघाती गोल हुनपुग्यो।विजयी गोलका लागि झापाले अतिरिक्त समय कुर्नुपर्योग। थप सयमको १७ औं मिनेटमा नरेन लिम्बुको पासमाविशालले गोल गरेपछि झापाले फाइनल तय गरेको हो।त्यसअघि खेलको १५औं मिनेटमा विशालको प्रहार पोस्टमा लाग्दैबाहिरियो। लगत्तै डी बक्सअघिझापाका नारायणमणि लिम्बु गोल गर्नबाट चुके। ३३औं मिनेटमा कर्ण लिम्बुको पासमा बुद्ध चेम्जोङकोप्रहार पोलमा लाग्दै बाहिरिँदा झापाले अग्रता लिन पाएन। ४३ औं मिनेटमा लुम्बिनीका अनिल गुरुङले गरेको प्रहार गोलरक्षक दिनेश थापाको खुट्टामा लागेर बचेको थियो।७४ औं मिनेटमा विशालले डी बक्स भित्रबाट फितलो प्रहार गर्दा गोलरक्षक दिलीप क्षेत्रीले सहजैबचाए। लगत्तै लुम्बिनीका विश्वास श्रेष्ठले गरेको प्रहार गोलरक्षक दिनेशले उत्कृष्ट ढंगले बचाएर संकट टारेका थिए।थप समयको १४औं लुम्बिनीका वर्षात गुरुङले गतिलो अवसर गुमाए। अन्तिम सयमा सुजन गुरुङले वान भर्सेस वानको मौका चुकाउँदाझापाले गोलअन्तर बढाउन सकेन।बिहीबार दोस्रो सेमिफाइनलमात्रिभुवन आर्मी र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
Showing posts with label biratnagar. Show all posts
Showing posts with label biratnagar. Show all posts
मकवानपुरमा दुई बस जुद्घा १० को मृत्यु, ३० घाइते
चितवन/रौतहट-काठमाडौंबाट विराटनगर जाँदै गरेको र इलामबाट काठमाडौं आउँदै गरेको यात्रुबस मकवानपुरको बसामाडीमा एक आपासमा ठोकिँदा १० जनाको मृत्यु भएको छ। महेन्द्र राजमार्गअन्तर्गत पर्ने बसामाडीमा शनिबार बिहान सवा २ बजे दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुका अनुसार दुर्घटनामा परि ३० जना घाइते भएका छन्।
काठमाडौंबाट विराटनगर जाँदै गरेको ना४ख ५४४८ नम्बरको बस र इलामबाट काठमाडौं आउँदै गरेको ना५ख ४८४१ नम्बरको बस ठोक्किएका हुन्। तीब्र गतिमा गुडिरहेका दुई बसमध्ये कुनै एकले सन्तुलन गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ।
Subscribe to:
Posts (Atom)





