Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

देउसी समय दुई घण्टा थप ९ बजेसम्म खेल्न दिने गृहको निर्णय

काठमाडौ, कार्तिक ३ - गृह मन्त्रालयले दुई दिनअघि निकालेको देउसीभैलो खेल्ने सम्बन्धी सूचनालाई सच्याउँदै देउसीको समय राति ९ बजेसम्मलाई तोकेको छ । गृहसचिब सूर्यप्रसाद सिलवालले देउसीको समय बढाएको जानकारी दिए ।
उनका अनुसार स्थानीय जिल्ला प्रशासन कार्यालयहरुले देउसीको समय थप्दा सुरक्षा चुनौतीमा खासै समस्या नपर्ने बताएपछि समय थपिएको हो । 'देउसीको समय बढाउनुपर्ने सुझाब आएपछि समय दुई घण्टा थप गरिएको छ' , उनले भने ।
यसअघि गृहमन्त्रालयले शुक्रबार सूचना जारी गर्दै देउसी समय साँझ ७ बजेसम्मका लागि तोकेको थियो ।
गृहले ७ बजेसम्म मात्रै देउसी खेल्न दिने सूचना सार्वजनिक भएपछि त्यसको जनस्तरमा आलोचनासमेत भएको थियो ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/