Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Deusi. Show all posts
Showing posts with label Deusi. Show all posts

देउसी समय दुई घण्टा थप ९ बजेसम्म खेल्न दिने गृहको निर्णय

काठमाडौ, कार्तिक ३ - गृह मन्त्रालयले दुई दिनअघि निकालेको देउसीभैलो खेल्ने सम्बन्धी सूचनालाई सच्याउँदै देउसीको समय राति ९ बजेसम्मलाई तोकेको छ । गृहसचिब सूर्यप्रसाद सिलवालले देउसीको समय बढाएको जानकारी दिए ।
उनका अनुसार स्थानीय जिल्ला प्रशासन कार्यालयहरुले देउसीको समय थप्दा सुरक्षा चुनौतीमा खासै समस्या नपर्ने बताएपछि समय थपिएको हो । 'देउसीको समय बढाउनुपर्ने सुझाब आएपछि समय दुई घण्टा थप गरिएको छ' , उनले भने ।
यसअघि गृहमन्त्रालयले शुक्रबार सूचना जारी गर्दै देउसी समय साँझ ७ बजेसम्मका लागि तोकेको थियो ।
गृहले ७ बजेसम्म मात्रै देउसी खेल्न दिने सूचना सार्वजनिक भएपछि त्यसको जनस्तरमा आलोचनासमेत भएको थियो ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/