Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

तिहारमा उत्सव बत्ती नबाल्न प्राधिकरणको आग्रह

काठमाडौं—नेपाल विद्युत् प्राधिकरणले तिहारमा उत्सब बत्ती नबाल्न आग्रह गरेको छ। ६८ मेगावाट विद्युत् उत्पादन घटेको भन्दै प्राधिकरणले उच्च विद्युत् खपत गर्ने उपकरणहरु फ्रिज, आइरन, राइस कुकुर, एयरकन्डिसन जस्ता सामग्री कात्तिक ५ देखि ८ गतेसम्म साँझ ५ बजेदेखि राति १० बजेसम्म उपयोग नगर्न समेत भनेको छ। 'अन्यथा ती उपभोक्ताहरुको विद्युत् सेवा विच्छेद हुनसक्ने', चेतावनी प्राधिकरणले दिएको छ।
तिहारले गर्दा केन्द्रीय प्रणालीमै ट्रिप भई विद्युत् आपूर्तिमा अवरोध उत्पन्न हुनसक्ने भन्दै प्राधिकरणले सूचना निकालेको हो।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/