Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भाइटीकाको साइत ११ बजेर ३५ मिनेटमा

काठमाडौ, कार्तिक २ - यस वर्षको भाइटीकाको साइत यही कात्तिक ८ गते शनिबार बिहान ११ बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
सर्वसाधारणका लागि तिहारको भाइटीकामा साइत नचाहिने भए पनि साइत नै खोजेर टीका लगाउन चाहनेका लागि यो साइत निकालिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार अर्थात् यमपञ्चक पर्व यस वर्ष कार्तिक ४ गते मङ्गलबारदेखि सुरु हुँदैछ ।
४ गते काग तिहार, ५ गते कुकुर तिहार, ६ गते लक्ष्मी पूजा, ७ गते गाईपूजा, गोवद्र्धनपूजा र नेवार समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३५ एवम् म्हपूजा परेको छ ।
यस्तै, कात्तिक ८ गते भाइटीका परेको छ । भाइटीकाको दिनलाई तिहारको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा मनाउने गरिन्छ ।
प्रकाशित मिति: २०७१ कार्तिक २ ११:१६ 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/