Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

पत्रकारमाथि सांघातिक आक्रमण

झापा– कार्यालयबाट घर फर्कंदै गरेको अवस्थामा झापाकी पत्रकार रेजिना रोदन आइतबार सांघातिक हमलामा परेकी छिन्। बिर्तामोडबाट प्रकाशित हुने जनान्दोलन साप्ताहिककी कार्यकारी सम्पादक र अर्जुनधारा दैनिककी संवाददाता उनीमाथि राति ९ बजे हतियारधारी समूहले हमला गरेको थियो। 
‘म र मेरो भाइ निवासतिर लाग्दैथियौं। हामी हिँडेको बाटोमा अरु ६/७ जना १५/१६ वर्षका जस्ता देखिने केटा हिँडिरहेका थिए,' मनमोहन अस्पतालमा उपचाररत उनले भनिन्, 'उनीहरूले एक्कासि पछाडीबाट भाइ र मलाई टाउकोमा प्रहार गरे। मलाई २/३ जना केटाले ढकेल्दै भर्खर बनाउँदै गरेको घरको भित्ताको पिलरमा लगेर टाउको ठोक्काए।' आक्रमणमा परी उनका भाइ खेमराज बराल पनि घाइते भएका छन्। उनको टाउकोको दुई ठाउँमा चोट लागेको छ। टाउकोमा १२ टाँचा लगाउनुपरेको छ। भाइ खेमराजको पनि टाउकोमा चोट लागेको छ। उनलाई पनि ११ टाँचा लागेको छ। प्रहरीले पत्रकारमाथि आक्रमण गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड–६ का दुर्गा धिमाल (१७), सोही ठाउँका अनिष सुब्बा (१७) र अर्जुन सुब्बा (१७) छन्। घटना भएको केही समयपछि डिएसपी सञ्जय राउतको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट घरेलु हतियारसमेत फेला परेको छ। पत्रकार रोदन र खेमराजलाई आक्रमण गरी हिँडेका उनीहरूले केही पर पुगी सोही ठाउँका निलमणि दाहाल, टीकाराम खतिवडा र कृष्ण निरौलालाई समेत खुकुरी र रडले आक्रमण गरी घाइते बनाएका थिए। उनीहरूको पनि टाउको, खुट्टा र अनुहारमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। आक्रमण गर्ने अन्य फरार रहेकाले उनीहरूको खोजी भइरहेको डिएसपी राउतले बताए। नेपाल पत्रकार महासंघ झापा शाखा र पत्रकारका विभिन्न संघ–संगठनले घटनाको भर्त्सना गर्दै पक्राउ परेकालाई कडा कारबाही गर्न माग गरेका छन्। अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले कारण खुलिनसकेको जनाएको छ। 
From Nagariknews
Ą
https://www.flickr.com/photos/spklg/15211044551/