Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

आज महाष्टमी मनाइँदै जनकपुरको राजदेवी मन्दिरमा भिड

जनकपुर, आश्विन १६ - वडा दशैंको आठौ दिन आज महाष्टमीको अवसरमा राजा जनककी गृहदेवी राजदेवी मन्दिरमा विहानैदेखि श्रद्धालुहरुको भीड लागेको छ । तिथी क्षयका कारण आज मध्यान्ह पछि नवमी समेत पर्ने भएकोले प्रसाद चढाउनेहरु १२ वजे अघि नै प्रसाद चढाउन तछाड मछाड गर्दैछन् । आज सन्ध्या राजदेवी मन्दिरमा वोकावली प्रदान गरिने छ ।
महाष्टमीको दिन 'खोंइछ भर्ने' महिलाहरुको चहल पहल विभिन्न शक्तिपीठहरुमा छ । महिलाहरु देवी भगवतीलाई प्रसाद चढाउनुका साथै श्रृंगार सामग्रीहरु पनि चढाउँछिन् । पुत्र प्राप्ति,पुत्र तथा पतिको दीर्घ जीवन एवं सुस्वास्थ्यको कामना गर्दै सधवा महिलाहरु खोइछ भर्ने गर्छिन । यस अवसरमा जनकपुरको राजदेवी मन्दिरसंगै बौधीमाई तथा रामानन्द चौक,विद्यापति चौक एवं बाहृ विघामा निर्मित भगवति परिसरमा पनि महिलाहरुको उल्लेखय भीड छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/