जनकपुर, आश्विन १६ -
वडा दशैंको आठौ दिन आज महाष्टमीको अवसरमा राजा जनककी गृहदेवी राजदेवी
मन्दिरमा विहानैदेखि श्रद्धालुहरुको भीड लागेको छ । तिथी क्षयका कारण आज
मध्यान्ह पछि नवमी समेत पर्ने भएकोले प्रसाद चढाउनेहरु १२ वजे अघि नै
प्रसाद चढाउन तछाड मछाड गर्दैछन् । आज सन्ध्या राजदेवी मन्दिरमा वोकावली
प्रदान गरिने छ ।
महाष्टमीको दिन 'खोंइछ भर्ने' महिलाहरुको चहल पहल विभिन्न शक्तिपीठहरुमा छ
। महिलाहरु देवी भगवतीलाई प्रसाद चढाउनुका साथै श्रृंगार सामग्रीहरु पनि
चढाउँछिन् । पुत्र प्राप्ति,पुत्र तथा पतिको दीर्घ जीवन एवं सुस्वास्थ्यको
कामना गर्दै सधवा महिलाहरु खोइछ भर्ने गर्छिन । यस अवसरमा जनकपुरको राजदेवी
मन्दिरसंगै बौधीमाई तथा रामानन्द चौक,विद्यापति चौक एवं बाहृ विघामा
निर्मित भगवति परिसरमा पनि महिलाहरुको उल्लेखय भीड छ ।
Showing posts with label Dashami. Show all posts
Showing posts with label Dashami. Show all posts
आजदेखि महान चाड बडादशैं शुभारम्भ
काठमाडौं, आश्विन ९ - दुर्गाभवानीको प्रतिकको रुपमा बिहीबार घर/घरमा घटस्थापना गरी मुलुकभर हिन्दूहरुको महानचाड बडादशैं शुभारम्भ हुँदैछ । यसपाली घटस्थापनाको शुभसाईत विहीवार विहान १०.४५ भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
दशैंको पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा वैदिकहरुले नजिकको तीर्थबाट ल्याएको माटोमा वैदिक विधिपूर्वक पञ्चधातु (सुन, चाँदी, पित्तल, फलाम र तामा) एवं पञ्चपल्लव (पीपल, वर, आँप, डुम्री र पाँकुरीको पात) राखी जौ र मकै छरेर घटस्थापना गरिन्छ । तान्त्रिक मतालम्वीहरुले भने पञ्चमकारसहित तान्त्रिकविधिले ठूलो माटोको भेगुतमा तीर्थबाट ल्याइएको बालुवा वा पाँगो माटोमा जौ र मकै छरेर जमरा राखी घटस्थापना गरिन्छ ।
यसै दिनदेखि नवमीसम्म प्रत्येक दिन विहान सबेरै एक/एक तीर्थमा गई स्नान गर्नुका साथै एक/ एक शक्ति पीठमा पूजा आराधना गरी नजिकको शिवलिङ्गमा अर्घ दिने गरिन्छ । विजया दशमीको दिन गुह्येश्वरी माईको पूजा अर्चना गरी नवरात्रि मेला समापन गर्दछन् । नौ दिनसम्म सञ्चालन हुने भएकाले यस मेलालाई नवरात्रि मेला भन्ने गरिन्छ ।
Subscribe to:
Posts (Atom)





