मधेसी जमिन्दार नै छैनन्
‘मधेस आन्दोलन त्यहाँका जमिन्दारले चलाएको हो !’ मधेस आन्दोलनले सय दिन पार गरिसक्दा पनि काठमाडौंका चिया पसलमा यस्तो बहस हुन छाडेको छैन । मधेस आन्दोलनको विरोध गर्ने नाउँमा गरिएको यो तर्क मलाई एकदम गलत छ ।
मधेसमै जन्मे हुर्केर त्यहीँ कलासाधनामा लामो समय बिताउँदा मैले देखेको सत्य हो– मधेसका ठूला जमिन्दार मधेसी छैनन् । त्यहाँका जमिन्दारमा बढीजसो राणा, ठकुरी र उपाध्याय छन् । जसलाई राजा महेन्द्रले जमिन दिएर मधेस पठाएका थिए ।
मेरो जन्मजिल्ला धनुषामा एकजना पन्त छन्, उनको १५ सय विघाहा जग्गा छ । त्यहाँ ०४६ सालको आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहको जग्गा सयौं विघाहा छ । त्यहाँको जमिन्दार भएकै कारण उहाँको नाउँमा एउटा नगरपालिकाको नामाकरण गरिएको छ । आन्दोलनमा गरेको योगदानका आधारमा त्यो नामाकरण भएको होइन । त्यसो हुन्थ्यो भने काठमाडौं महानगरपालिकालाई उहाँको नाम दिइन्थ्यो होला ।