संघियता खराब हैन तर जसरी नेपालमा प्रस्तुत गरिँदै छ ये खराब देख्छु। नेपालमा संघियता भन्दा विकेन्द्रिकरण आवश्यक हो, जातीय राज्यको झल्को देखियो।छिमेकी मात्र रिझाउने काम बढि भयो, घर बनाउने कोहि भएन। भन्नलाई जनता मारमा परे भनेपनि व्यक्तिगत स्वार्थमा राजनिति गरे नेता भनैदाले। नेतानेताको जुगाको लडाइमा आज कयौ परिवार उजाडियो। नेपाली भन्ने पहिचान नचाहनेहरुको स्वार्थमा फेरी मारामार शुरु हुदैछ। बैशाख १२ को घाउ आलै छ होला, त्यहि सुरक्षाकर्मी हो जस्ले सयौलाई मृत्युको मुखबाट बचायो, हजारौलाई सुरक्षित बस्नसक्ने बनायो, आज त्यसको प्रतिफलमा मृत्यु पायो। पहिचान भनेके के हे? विश्वले नेपालीलाइ नेपाली भनेर नै चिन्छ। लिम्बुवान, मगरात, नेवा, खस, अवध, थरूहट भनेर कहिल्यै चिन्ने छैन। धेरै परिवर्तन देख्ने नेपाली पुस्ता रे अहिलेकाे पुस्ता। जनयुद्ध, २ असफल संविधानसभा, ८ वर्षमा ६ प्रधानमन्त्री, बाहिरी हस्तक्षेप, कमजाेर अर्थिक-सामाजिक अवस्था, पलायनवादी जनता, अराजकता, चरम भ्रष्टाचार....... याे भन्दा धेरै परिवर्तन के हाेला र हुन त! नेपालीलाइ निराशा, अाक्राेश अनि पलायनवादि बनाएकै यस्तै परिवर्तनले हाे।
Showing posts with label Unstable government. Show all posts
Showing posts with label Unstable government. Show all posts
Subscribe to:
Posts (Atom)





