Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Nepal and Nepalese Politics. Show all posts
Showing posts with label Nepal and Nepalese Politics. Show all posts

मधेसमा फेरि जन्मियो नयाँ मोर्चा, अन्तिम समयमा मात्रिका सम्पर्कविहिन

काठमाडौं– मधेस आन्दोलनलाई सशक्त रुपमा अघि बढाउन भन्दै चार वटा मधेस केन्द्रीत दलको नयाँ मोर्चा जन्मिएको छ । यसअघि नै फरक तीन मोर्चामा आवद्व फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव मधेस समाजवादी पार्टीका अध्यक्ष शरत सिंह भण्डारी र नेपाल सद्भावना पार्टीका अनिल झा र तराई मेधसमा ‘तराई मधेस राष्ट्रिय अभियान चलाउँदै आएका जेपी गुप्ता मिलेर नयाँ मोर्चाको गठन गरेका हुन् ।
गुप्ताको अगुवाईमा गठन भएको संघीय समावेश गठबन्धन नामक मोर्चाले संयुक्त रुपमा अघि बढ्दा मधेस आन्दोलनलाई निश्कर्षमा पुर्याउन सम्भव हुने ठहर गरेको छ ।

नेपालीकाे भविष्य

संघियता खराब हैन तर जसरी नेपालमा प्रस्तुत गरिँदै छ ये खराब देख्छु। नेपालमा संघियता भन्दा विकेन्द्रिकरण आवश्यक हो, जातीय राज्यको झल्को देखियो।छिमेकी मात्र रिझाउने काम बढि भयो, घर बनाउने कोहि भएन। भन्नलाई जनता मारमा परे भनेपनि व्यक्तिगत स्वार्थमा राजनिति गरे नेता भनैदाले। नेतानेताको जुगाको लडाइमा आज कयौ परिवार उजाडियो। नेपाली भन्ने पहिचान नचाहनेहरुको स्वार्थमा फेरी मारामार शुरु हुदैछ। बैशाख १२ को घाउ आलै छ होला, त्यहि सुरक्षाकर्मी हो जस्ले सयौलाई मृत्युको मुखबाट बचायो, हजारौलाई सुरक्षित बस्नसक्ने बनायो, आज त्यसको प्रतिफलमा मृत्यु पायो। पहिचान भनेके के हे? विश्वले नेपालीलाइ नेपाली भनेर नै चिन्छ। लिम्बुवान, मगरात, नेवा, खस, अवध, थरूहट भनेर कहिल्यै चिन्ने छैन। धेरै परिवर्तन देख्ने नेपाली पुस्ता रे अहिलेकाे पुस्ता। जनयुद्ध, २ असफल संविधानसभा, ८ वर्षमा ६ प्रधानमन्त्री, बाहिरी हस्तक्षेप, कमजाेर अर्थिक-सामाजिक अवस्था, पलायनवादी जनता, अराजकता, चरम भ्रष्टाचार....... याे भन्दा धेरै परिवर्तन के हाेला र हुन त! नेपालीलाइ निराशा, अाक्राेश अनि पलायनवादि बनाएकै यस्तै परिवर्तनले हाे।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/