Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Protest in Janaki Temple. Show all posts
Showing posts with label Protest in Janaki Temple. Show all posts

१८ औँ शताब्दीको मध्ययुगीन सभ्यता झल्काउने जनकपुर काण्ड !

-सुशील पन्त
राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दिरमा सहभागी भएको भनेर मधेसी मोर्चा सम्बद्ध नेता कार्यकर्ताले जानकारी मन्दिरमा गंगाजल सेचन गरेको घटनाले २१ औँ शताब्दीको सभ्य समाज लज्जित भएको छ । एकल महिला मन्दिरमा गएको भन्दै केही उदण्ड स्वभावका व्यक्तीले मन्दिर चोख्याउने भन्दै जुन हर्कत गरे, यसले संसारका महिलाको अपमान भएको छ ।
राजनीतिक रुपमा राष्ट्राध्यक्ष र सभामुख महिला निर्वाचित भएको सयदिन पनि नपुग्दै जनकपुरमा भएको घटनाले नेपाली समाजको चेतनास्तर र रुढीवादी सोच कुन हदसम्म जरो गाढेर बसेको छ भनेर अनुमान गर्न सकिन्छ । कतिपयले यस्तो समयमा राष्ट्रपति भण्डारी जनकपुर जानु हुदैनथ्र्यो भनेर मानव संभ्यताकै लागि कलंक बनेको घटनाको ढाकछोप गरिरहेका छन, जुन खेदपूर्ण छ ।
१८ औ शताब्दीको मध्ययुगीन सभ्यता झल्काउने जनकपुर काण्डलाइ कुनैपनि राजनीतिक रंग दिएर औचित्य पुष्टि गर्न सकिदैन । एकल महिला माथीको यो हदसम्मको अत्याचार र कूदृष्टि बिरुद्ध जनकपुरका महिलाले सडकमा आउने हिम्मत गर्नु पर्ने हो, तर उनिहरु पारिवारिक बन्दनमा छन् ।
जनकपुर जसलाइ मिथिलाञ्चल पनि भन्ने गरिन्छ, यो आलेख जनकपुरको संस्कृतिको वर्णन गर्न तयार गरिएको होइन । परन्तु जनकपुरलाइ तराइ–मधेशको संस्कृतिको राजधानी भन्दा पनि हुन्छ, दुभाग्य जहाँ देशको राष्ट्रपति माथी यो हद सम्मको दुव्यबहार भयो । यसले जनकपुर वासीलाइ खिन्न बनाएको हुनुपर्छ ।
यो निश्कर्ष निकाल्नु पनि गल्ती हुनेछ, कि सिंगो जनकपुर बासीले एकल महिला मन्दिरमा गएको विरोधमा गंगाजन छर्केका हुन् । राजनीतिक आवरणमा मौलाएका केही आपराधिक तत्वले जानकी मन्दिरमा मध्ययुगीन हर्कत गरेर राष्टको शीर निहु¥याउने काम गरे ।
तराइ– मधेशका जिल्लामा कयौ रुढीवादी परंपरा कायमै छन् । बोक्सीको नाममा महिलालाइ यातना दिने, जातीय छूवाछुतका जघन्य घटनाहरु तराइका जिल्लामा भइरहन्छन् । जनकपुर जस्तो तुलनात्मक रुपमा तराइको शभ्य र शिक्षित शहरमा एकल महिला बिरुद्ध त्यो प्रकारणको व्यबहार हुन्छ भने तराइका दुर्गम गाउहरुमा अहिलेपनि महिलाको मानव अधिकारको अवस्थाको परिकल्पना मात्र गर्न सकिन्छ ।
पछिल्ला बर्षहरुमा त्यस्ता हिंसाका घटनामा कमी आएका छन, त्यसको श्रेय स्थानिय एफएम रेडियोलाइ जान्छ । ‘मधेशी अधिकार फोरम’हरुले ल्याएको चेतनाका कारण तराइमा महिला माथीका हिंसा रोकिएका होइनन् ।
विद्या भण्डारी जसले पुनस्थापित संसदमा लगेको संकल्प प्रस्तावका कारण कारण नेपालका हजारौ महिलाले आरक्षण पाएका छन् । राज्यका हरेका निकायमा ३३ प्रतिसत महिला सहभागिताको संकल्प प्रस्ताव पारित भएपछि त्यही मधेशका कयौ महिलाले आरक्षण पाएका छन् ।
पछिल्ला बर्षहरुमा नेपाली समाजमा विधवा भनिने एकल महिला प्रतिको दृष्टिकोणमा धेरै नै भिन्नता आइसकेको छ । दोस्रो जनआन्दोलन लगत्तै विभिन्न जिल्लामा सामूहिक कार्यक्रम गरेर महिलाले रातो पहिरन पहिरिने अभियान चलेको थियो । त्यो अभियानलाइ थप निरन्तरता दिनुपर्ने भएको छ, वास्तममा सामाजिक क्रान्ति हुने यसरी नै हो ।
मोर्चाले माफी माग्नु पर्दैन ?
Ą
https://www.flickr.com/photos/spklg/15211044551/