Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label No more Indian TV in Nepal. Show all posts
Showing posts with label No more Indian TV in Nepal. Show all posts

कसले गरायो नेपालमा फेरि एकाएक भारतीय न्युज च्यानल बन्द ?

काठमाडौं – भारतीय गाडी आगजनी गर्दै भारतविरुद्ध संघर्षमा उत्रिएको नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादीले भारतीय न्यूज च्यानल पनि बन्द गराएको छ । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघलाई पत्र लेखेर च्यानल बन्द गराउन चेतावनी दिएपछि महासंघले शनिबार साँझदेखि काठमाडौंमा भारतीय न्युज च्यानल बन्द गराएको हो ।
महासंघका केन्द्रीय सदस्य मनोज गुरुङले विप्लव माओवादी र नागरिक समाजको अनुरोधमा भारतीय न्युज च्यानल बन्द गराइएको जानकारी दिए । ‘हामीलाई अहिले देशको परिस्थिति र राष्ट्रियताको विषयलाई ध्यानमा राख्दै विप्लव माओवादीले पत्र लेखेर च्यानल बन्द गर्न अनुरोध गरेको थियो । त्यस्तै नागरिक समाजबाट पनि त्यस्तै सुझाव आएको छ,’ उनले भने, ‘यसैका आधारमा हामीले शनिबार साँझदेखि काठमाडौंमा लगायत केही स्थानमा भारतीय न्युज च्यानलको प्रशारण रोकेका छौं । तर, अहिले सबै ठाउँमा बन्द भने भएको छैन ।’
Ą
https://www.flickr.com/photos/spklg/15211044551/