फोटो :फाइल फोटो
काठमाडौं : भारतले वार्तामा बसेर निकास खोज्न मधेसी मोर्चाका नेतालाई सुझाव दिएको छ।
भारतको निमन्त्रणामा नयाँदिल्ली गएका मधेसी मोर्चाका नेतासँगको भेटवार्तामा भारतीय अधिकारीहरुले यस्तो सुझाव दिएका हुन्। मोर्चाका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुमार डोभल र विदेश सचिव एस जयशंकरसँग मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
डोभल र जयशंकर दुवैले मधेसी नेताहरुलाई काठमाडौंं फर्केर तत्काल वार्तामा बस्न र त्यहाँबाट निकास नयाँ ढंगले अघि बढ्न सुझाव दिएका छन्। भेटवार्तामा मधेसी नेताहरुले नेपालमा भारत विरोधी भावना फैलिनुमा प्रधानमन्त्री केपी ओलीलाई जिम्मेवार रहेको आरोप लगाएका छन्। सुशील कोइराला नेतृत्वको अघिल्लो सरकारले संसद्मा पेस गरेकै संविधान संशोधन प्रस्ताव आफूहरूलाई मान्य नहुने भनाइ पनि उनहरुले भारतीय अधिकारसमक्ष राखेका छन्।

भेटमा डोभलले मधेस आन्दोलनका कारण भारत पनि समस्यामा परेको बताएका थिए भने जयशंकरले काठमाडौं गएर एक चरण सरकारसँग वार्तामा बस्न र नभए नयाँ ढंगले अघि बढ्न मोर्चाका नेतालाई सुझाव दिएका थिए। डोभलले मंगलबार साँझ भएको भेटमा मधेसलाई नयाँ संविधानबाट अन्याय भएकोप्रति आफूहरू प्रस्ट रहेको बताएका थिए।